नयाँ वर्षको दिनमा अमेरिकाको लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटल बाहिर खर्बपति व्यापारी एलन मस्कको टेस्ला कम्पनीको साइबर ट्रकमा विस्फोट गराइयो । सो घटनामा चकित पार्ने खुलासा भएको छ ।
जाँच अधिकारीहरूले बताएअनुसार अमेरिकी सेना संलग्न यस घटनामा ट्रकलाई विस्फोट गराउन च्याटजीपीटीसमेतका जेनरेटिभ एआईको प्रयोग गरिएको दाबी लस भेगास प्रहरीले गरेको हो । विस्फोटमा ३७ वर्षीय म्याथ्यु लिभेल्सबर्गरको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए ।
लिभेल्स्बर्गर सेनाको विशेष बल ‘ग्रिन बेरेट्स’का मास्टर सर्जेन्ट थिए । जर्मनीमा खटाइएका लिभेल्स्बर्गर घटनाको समयमा छुट्टीमा अमेरिका आएका थिए ।
लिभेल्स्बर्गरको कसैको हत्या गर्ने नियत नभएको पनि अनुसन्धान अधिकारीहरूले बताएका छन् । साइबर ट्रक विस्फोट गराउने एआईएको प्रयोगलाई लस भेगास महानगरीय प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले ‘गेम चेञ्जर’ भनेका छन् । यस छानबिनका जानकारी अन्य केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँग शेयर गरिरहेको पनि म्याकमहिलले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
- मे २९ – अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
- कस्तो छ बजेट आउने दिनमा विदेशी मुद्राको विनिमय दर ?
- गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै
- सुडानमा हैजाको प्रकोप: एकै हप्तामा १७२ जनाको मृत्यु
- पर्यटक प्रवर्द्धनका लागि पार्क सञ्चालन
- पढाइसँगै सीप सिकाउँदै विद्यालय
- फोहरलाई मोहरमा बदल्दै युवा
- लुलु गाईको संरक्षणमा ध्यान नपुग्दा लोपोन्मुख अवस्था
