सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुहरू विरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्कीएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएको छ ।
सिरियाली युद्ध अनुगमन संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज र टर्कीए समर्थित नेसनल आमीबीच पछिल्लो केही घण्टायता मनबिजको ग्रामीण इलाकामा भीषण लडाई भएको जनाएको छ । उक्त क्षेत्रमा टर्कीएले हवाई आक्रमणसमेत सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ।
“दोहोरो झडपमा परी ३७ जनाको मृत्यु भएको छ,” बेलायतस्थित अब्जरभेटरीले जनाएको छ । टर्कीएए समर्थित लडाकुमध्ये छ जना एसडीएफ लडाकु र पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।
मनबिजको ग्रामीण इलाकामा गत महिनादेखि जारी झडपमा परी कम्तीमा ३२२ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।
बुधबार अमेरिका समर्थित एसडीएफका प्रमुख मजलुम अब्दीले आफ्नो समूहले ‘सिरियाली भूमिको एकता र अखण्डता’लाई समर्थन गरेको बताउनुभएको थियो । एएफपीलाई दिएको लिखित रिपोर्टमा उहाँले सिरियाका नयाँ अधिकारीहरूलाई ‘सिरियामा युद्धविरामका लागि हस्तक्षेप गर्न’ आग्रह गर्नु भएको छ ।
गत महिनाको अन्त्यतिर कुर्दिश नेता र दमास्कसका अधिकारीहरूबीच भएको ‘सकारात्मक’ बैठकपछि अब्दीको यो टिप्पणी आएको हो ।
इस्लामवादी नेतृत्वको विद्रोहीहरूले नोभेम्बर २७ मा सिरियाली राष्ट्रपति बशर अल असदलाई अपदस्थ गर्ने आक्रमण सुरु गरेपछि उत्तरी सिरियामा टर्कीएए समर्थित समूहहरूले एसडीएफसँग आफ्नो लडाइँ फेरि सुरु गरेका थिए ।
मनबिज क्षेत्रमा युद्धविराम स्थापना गर्ने अमेरिकी नेतृत्वको प्रयासका बावजुद अङ्कारा समर्थक समूहले उत्तरी अलेप्पो प्रान्तको कुर्दिश नियन्त्रित मनबिज र ताल रिफातकब्जा गर्न सफल भएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
- कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
- इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला