दक्षिणी लेबनानमा इजरायली आक्रमणमा परी सोमबार एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अदाइसेह सहर, बानी हैयान नगरपालिका, यारुन र हौला गाउँमा आक्रमण भएको मन्त्रालयले जनाएको छ ।
लेबनान र इजरायलबीच आइतबार बिहान भएको युद्धविराम सम्झौताको म्याद सकिएपछि उक्त हिंसा भएको हो ।
यसअघि सोमबार, लेबनानको कार्यवाहक सरकारले इजरायलसँगको युद्धविरामलाई १८ फेब्रुअरी सम्म लम्ब्याउने निर्णयको घोषणा गर्यो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु
- ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
- सहिद दिवस मनाइँदै
- संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख
- इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
- रुसद्वारा उपग्रह सङ्ख्या वृद्धि गर्ने योजना
- टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ
- आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन
- गोरखकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण फागुन ७ देखि