मधेस आन्दोलनमा सहिद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसी केन्द्रित दलहरूले सहिद परिवारलाई पूरै बिच्चलीमा पारेको आरोप लागेको छ। त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका मात्र होइन मधेस केन्द्रित दलहरूले उम्मेदवार बनाउँदा टाठाबाठा र पैसावाललाई प्राथमिकता दिएर सहिद परिवारलाई वेवास्ता गरेको आरोप छ। त्यसमध्ये एक हुनुहुन्छ– विनिता साह कलवार।
विनिताका पति सोहन साह कलवारको, २०७० सालमा मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । २०७४ सालको पालिका निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगपालिकाको वडा नम्बर १६ मा विनिता महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो।
यसपाली सहिद पत्नी विनितालाई मधेसी दलले टिकट नदिएपछि विवेकशील साझा पार्टीको तर्फबाट १६ नम्बर वडाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएकोछ। विनिता भन्नुहुन्छ, “मधेसी दलले टिकट नदिएको कारण अरु दलबाट उम्मेदवारी दर्ता गर्नुपर्यो। विगतको चुनावमा आफूलाई मधेसी नेताले खोजेर चुनाव लडाएका थिए। त्यतिबेला मेयरका उम्मेदवार विजय सरावगीकै गाडीमा सहिद पत्नि हो भन्दै सबैले घुमाए, नेता प्रदिप यादवले घुमाए। मलाई देखाएरै सबैको भोट मागे । वडा सदस्यमा जितेर ४ वर्ष जनताको सेवा राम्रैसँग गरेको छु तर अहिले मधेसी नेताहरूले बिर्से।”
मधेसी दलले पैसा र पहुँच भएकालाई पार्टीमा प्रवेश गराउने र नयाँलाई टिकट बेच्ने गरेका छन्, त्यसमाथि गरिब पनि भएकाले आफूलाई टिकट नदिएको आरोप विनिताको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सिंगापुरमा पिपल्स एक्सन पार्टीको लगातार चौधौं जित
- नागढुंगा नौबिसे सडक विस्तार: रातमा पाँच घण्टा बन्द गरिने
- एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
- आजको मौसम
- मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !
- जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
- नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
- अमेरिकी डलरको मूल्य बढ्दो, कति छ अन्य विदेशी मुद्राको मूल्य?
- वन श्रमिकका समस्या : न बीमा न सुरक्षा
- ढोरपाटनमा सकियो दोस्रो सिकारयाम
