कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ। उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो।
केही समय पहिले विश्वकर्माले काठमाडाैँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो। उहाँले वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आउनुभएको छ। हालसम्म रु ५० लाख लगानी भएको बताउँदै उहाँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएको जानकारी दिनुभयो।
उहाँको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन्। परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा यसै व्यवसायबाट धान्दै आएको उहाँले बताउनुभयो। व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक रु १२ हजारका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिनुभयो।
“अन्य व्यवसायभन्दा यो व्यवसाय अलिकति जोखिम छ”, उहाँले भन्नुभयो, “कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ।”
धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय सुरु गरेको विश्वकर्माले बताउनुभयो। नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो। केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ढोरपाटनमा सुरु भयो सिकार याम
- म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो
- मर्चवार लिफ्ट सिंचाइको निर्वाचन: उपाध्यक्ष निर्विरोध, ३ पदका लागि मतदान हुने
- तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते
- माइतीघरमा सञ्चारकर्मीद्वारा विरोध प्रदर्शन
- आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
- तीस करोडको लागतमा अस्पताल भवन निर्माण
- अमेरिका : स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले १० हजार रोजगारी कटौती गर्ने
- चालु आ.व.को दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
