रुपन्देहीको मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्था मूल समितिको निर्वाचनमा उपाध्यक्ष पद निर्विरोध भएको छ भने तीन पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।
संस्थाको मूल समिति चयन प्रक्रिया अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेबी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो ।
निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागी भने प्रतिस्पर्धा हुने भएको निर्वाचन समितिले जनाएको छ । आइतबार दिउँसो ३ देखी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सीमा तोकिएको छ ।
संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजीर अहमद खाँ, फिरोज अहमद खाँन र राजेन्द्र प्रसाद यादवले उम्मेदवारी दिनुभएको छ । त्यसै गरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी र अब्दुल सलाम मुसलमान तथा कोषाध्यक्ष पदमा जनार्दन यादव र प्रभु प्रसाद यादवले उम्मेदवारी दिनु भएको छ ।
आगामी चार वर्षे कार्यकालको लागि आउने २३ गते शनिवार मतदान हुँदैछ ।
यस अघि एउटा मात्र उपाध्यक्ष हुने मूलसमितीको संशोधित विधान अनुसार यस पटक महिला उपाध्यक्ष पद थपिएको छ । निर्वाचन समितिका अनुसार, अध्यक्ष, सचिव, र कोषाध्यक्ष पदमा उम्मेदवारी परेकाहरूबिच प्रतिस्पर्धा हुने देखिएको छ । यसका लागि उम्मेदवारहरूले आफ्नो प्रचार‐प्रसारलाई तीव्र बनाउनुभएको छ ।
किसानहरूको हक‐हितका लागि मर्चवार लिफ्ट सिंचाइ महत्त्वपूर्ण मानिन्छ । निर्वाचनले संस्था सञ्चालनमा नेतृत्व चयन गर्ने भएकाले उपभोक्ताहरूको चासो बढेको निर्वाचन समितिका संयोजक एवम् जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर विवेक शाहले बताउनुभयो ।
मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्थाको विधान अनुसार, निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक शाहले भन्नुभयो, “संस्थाका कुल १ सय ३१ ब्लकका अध्यक्षले मतदान प्रक्रियाबाट संस्थाको पदाधिकारी छान्ने छन् । उम्मेदवारहरूबिच सौहार्दपूर्ण प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान