आइएनएसका प्रधान सम्पादक तारानाथ दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शनिबार एक समारोह बीच वरिष्ठ पत्रकार सम्मान दिनुभएको छ।
फ्रिडम फोरमका प्रमुख कार्यकारीसमेत रहनु भएका दाहालसँगै पत्रकार किशोर नेपाललाई दुई लाख रुपैयाँ नगद राशिसहित यो वर्षको सम्मान दिइएको हो।
शनिबार राष्ट्रपति निवासमा भएको औपचारिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूसहित २०७६ र ०७७ सालका सम्मान शार्दूल भट्टराई, रघु मैनाली, हर्ष सुब्बा, स्वर्गीय अग्निशिखालाई समेत उक्त सम्मान प्रदान गर्नुभएको छ।

सम्मानित पत्रकार हर्ष सुब्बा
सम्मानित पत्रकार हर्ष सुब्बा पनि आइएनएस परिवारसँग सम्बन्धित हुनुहुन्छ। आइएनएसका उहाँ धरानमा बसेर पूर्वी नेपालको समाचार विश्लेषण गर्नुहुन्छ।
गोरखापत्र प्रकाशनको १२२औँ वार्षिकोत्सव र राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले उहाँहरूलाई सम्मान गरेको हो।
यसैगरी सरकारले ६ जना पत्रकारहरूलाई जनही १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुस्कार प्रदान गरेको छ।
राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेहरूमा कविसमेत रहेका ठाकुर बेल्वासे, बालकुमार नेपाल, गंगा बराल, डिआर पन्त, सम्झना बन र इकबाल अहमद छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको अभावमा लोकतन्त्रको परिकल्पना गर्न नसकिने वताउनु भएको छ। उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जबाफदेही सरकार लोकतन्त्रका अपरिहार्यतत्व भएको पनि वताउनु भयो।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना र सञ्चारको हक तथा मौलिक हकका रुपमा सुनिश्चित गरेको छ, यसबाट अभिव्यक्तिको स्वतन्त्रता संस्थागत हुनुका साथै सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना प्राप्त गर्न नागरिक अधिकारको प्रत्याभूति भएको छ, संविधान प्रदत्त मौलिक हकलाई आधार मानेर हाम्रो मुलुकमा प्रेस स्वतन्त्रता अछूत रहने परिवेश निर्माण भएको छ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
