प्रतिनिधि सभा समानुपातिक मतगणना: रास्वपाको अग्रता कायमै

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मङ्गलवार बिहानसम्म देशभर कुल १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बलियो वर्चस्व कायम राखेको छ। रास्वपाले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो, जुन कुल गणना भएको मतको झन्डै आधा हिस्सा हुन आउँछ।

मुख्य दलहरूको अवस्था:मतगणनामा नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ। काँग्रेसले हालसम्म १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ। त्यसै गरी, नेकपा एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले ७ लाख ५४ हजार ४७३ मत आफ्नो पक्षमा पारेको छ भने श्रम संस्कृति पार्टी ३ लाख ४८ हजार १७८ मतसहित पाँचौँ स्थानमा उक्लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ३ लाख २३ हजार ९९ मतका साथ छैटौँ स्थानमा खुम्चिएको छ।

एक लाखभन्दा बढी मत ल्याउने अन्य दलहरू:

समानुपातिकतर्फ एक लाखको आँकडा पार गर्ने अन्य दलहरूमा जनता समाजवादी पार्टी (जसपा), नेपालराष्ट्रिय परिवर्तन पार्टी रहेका छन्। जसपाले १ लाख ७० हजार १३१ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १०० मत प्राप्त गरेका छन्।

अन्य दलहरूको मत विवरण:

  • जनमत पार्टी: ७५,७३५ मत
  • गठबन्धन (चकिया/जाँतो चिन्ह): ६०,५५१ मत
  • नेपाल मजदुर किसान पार्टी: ४१,८९४ मत
  • राष्ट्र निर्माण दल नेपाल: ३७,८६२ मत

यसै गरी, निर्वाचन आयोगको विवरण अनुसार राष्ट्रिय जनमोर्चाले २९,२२६, नेपाल जनता संरक्षण पार्टीले २६,९९४, प्रगतिशील लोकतान्त्रिक पार्टीले २३,४७९नेकपा माओवादीले २३,२६४ मत प्राप्त गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link