Home » निर्वाचन
Category:

निर्वाचन

0 comment
0 FacebookTwitterEmail

भारतको सर्वोच्च अदालतले  गएको १५ फेब्रुअरी  बिहिबार असंवैधानिक भन्दै ७ वर्ष पुरानो चुनावी कोष प्रणाली खारेज गरेको छ। यस प्रणाली अन्तर्गत व्यक्ति र कम्पनीहरूले राजनीतिक दललाई असीमित र बेनामी चन्दा दिन पाउँथे।

भारतको सर्वोच्च अदालतको यस निर्णयलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको लागि झट्काको रूपमा हेरिएको छ। यो प्रणालीको सबैभन्दा ठूलो लाभार्थी भारतीय जनता पार्टी नै रहेको थियो। र, भारतीय जनता पार्टीले सन् २०१७ मा नै यो प्रणाली लागू गरेको थियो।

विपक्षी दलका नेताहरू र नागरिक समाजका समूहले राजनीतिक दलहरूले के-कसलाई कति पैसा दिए भन्ने जान्न पाउनु जनताको अधिकार हो भन्दै आएका थिए। यस प्रणालीले सो अधिकारमा बाधा

0 comment
0 FacebookTwitterEmail

विश्वका ५० भन्दा बढी देशका २ अर्बभन्दा बढी मतदाताहरू सन् २०२४ मा चुनावमा भाग लिँदै छन्।संसारको सबैभन्दा शक्तिशाली लोकतन्त्र अमेरिका, सबैभन्दा पुरानो लोकतन्त्र संयुक्त राज्य बेलायत, सबैभन्दा ठुलो लोकतन्त्र भारत र विश्वको सबैभन्दा ठुलो मुस्लिम लोकतन्त्र इन्डोनेसियामा आम चुनावहरू हुँदै छन्। विश्वव्यापी राजनीतिमा यी देशहरूको संयुक्त प्रभावलाई विचार गर्दा आउने चुनावले विश्वको दिशा कतातर्फ जान्छ भन्ने कुरा चुनावले निर्धारण गर्न सक्दछ।

भारतबाहेक विश्वव्यापी र क्षेत्रीय दुवै मामिलामा महत्त्वपूर्ण अन्य धेरै एसियाली राष्ट्रहरूमा पनि २०२४ मा चुनाव हुन गइरहेको छ। आणविक शक्ति पाकिस्तान र बङ्गलादेशमा जनवरीमा मतदान भइसकेको छ। साथै भर्खरै आर्थिक मन्दिबाट उभ्रिरहेको श्रीलङ्कामा पनि चुनाव हुँदैछ। दक्षिण पूर्वी

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम सार्वजनिक गरेको छ ।

पाकिस्तानको नेशनल एसेम्ब्ली (राष्ट्रिय सभा) का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् ।

निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रर्व प्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन् ।

सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ ।

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।

पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको एक भिडियोमा पूर्व प्रधानमन्त्री खानले पीटीआईले १५० मतको अग्रता लिएको उल्लेख गरिएको छ ।

यद्यपि, एएफपीका अनुसार शुक्रबार बिहानसम्म सार्वजनिक १३ स्थानको नतिजामा खान निकट स्वतन्त्र उम्मेदवारले पाँच र पूर्व प्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन) ले चार स्थानमा जीत हाँसिल गरेका छन् ।

मत गणनासँगै थप उर्जावान बनेका खानले भिडियोमा पञ्जाब, खैबर पख्तुनख्वालगायत सम्पूर्ण पाकिस्तानमा पीटीआईको नेतृत्वमा सरकार बनाउने दाबी गर्नुभएको छ ।

खानको आधिकारिक एक्स अकाउन्ट

0 comment
0 FacebookTwitterEmail
विवादास्पद निर्वाचअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तरपश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन् ।

कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन् ।

पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन् जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ ।

फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिनुभयो ।

गत
0 comment
0 FacebookTwitterEmail

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले  कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत गरेको हो ।

माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा आज (बुधबार) आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । जसमा ५४९ जना प्रदेश सभा सदस्य र १४९८ जना गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिका प्रमुख-उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले जनाएको हो । 

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये

0 comment
0 FacebookTwitterEmail

थाइल्यान्डको सुधारवादी विपक्षी दलले आमचुनावमा लोकप्रिय मतसहित सर्वाधिक सिट जितेको छ। योसँगै करिब एक दशकसम्म दक्षिण–पूर्वी एसियाली देशमा शासन गर्ने सैन्य समर्थित पार्टीले पराजय व्यहोरेको छ।

मतगणना अन्तिम चरणमा रहँदा थाइल्यान्डको प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’ (एमएफपी) तथा लोकप्रिय फु थाई पार्टीले ५ सय सदस्यीय प्रतिनिधिसभामामा २८६ सिट जित्ने आकलन गरिएको छ। यद्यपि सेनाद्वारा नियुक्त संसद्का २५० सदस्यलाई प्रधानमन्त्रीमा मतदान गर्न दिने विकृत संसदीय नियमले गर्दा एमएफपी र फु थाईले आगामी सरकार गठन गर्न सक्छन्स/क्दैनन् भन्ने अनिश्चितता भने कायमै छ। अर्थात् उल्लिखित दुवै पार्टीले नयाँ सरकार गठन गर्न साना दलहरूको समर्थन लिनुपर्ने हुन्छ। आइतबार भएको मतगणनाअनुसार एफएफपी ठूलो विजेता बनेको छ। …

थाइल्यान्ड चुनाव : परिवर्तन खोजिरहेका जनताले कसरी हराए दशक बढी शासन गरेकाे सैन्य–दललाई?
0 comment
0 FacebookTwitterEmail

कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका स्वर्णिम वाग्लेले वैशाख १० तनहुँ १ मा हुने उपनिर्वाचनका लागि सो पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभयो । रास्वपाका सभापति रवि लामिछाने पनि मनोनयन दर्तामा सहमति  जनाउँदै  तनहुँ पुग्नुभएको थियो । लामिछानेले बिहान चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेर वाग्लेको समर्थन गर्न तनहुँ पुगेपछि चितवन २ र तनहुँ १ दुवै क्षेत्रको उपनिर्वाचनमा जनचासो अझै बढेको देखिन्थ्यो ।

उपनिर्वाचनको लागि चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका छन्। चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका हुन्। तनहुँ १

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved