मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन्।
जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ।
विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबिच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन्। समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको पानी पुग्न नसकेको बताएका छन्। उनले गुनासो गर्दै भने, ‘कुलो छन्, तर पानी छैन, मर्मत नहुँदा किसानले त्यसको लाभ लिन सकेका छैनन्।’
मर्चवारी गाउँपालिकाका स्थानीय बैजनाथ बरइका अनुसार अहिले अधिकांशले पम्पसेटमार्फत सिँचाइ गरिरहेका छन्। किसानहरूले तीन–चार वटा पम्पसेट एकैसाथ सञ्चालन गरेर रोपाइँ गरिरहेको उनको भनाइ छ।
स्थानीयका अनुसार मर्चवारसहित रुपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिँचाइ प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले यस्तै समस्या भोग्दै आएका छन्। भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत् खर्च र मौसमको अनिश्चितताले खेतीको लागतसमेत उल्लेखनीय रूपमा बढाएको उनीहरूको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!