धुलिखेल अस्पतालमा पुनः सुरु हुँदै स्वास्थ्य बिमा

काभ्रेपलान्चोक जिल्लाको धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ।

धुलिखेल अस्पतालले सङ्घीय सरकारको स्वास्थ्य बिमा बोर्डबाट निर्धारित स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको थियो। तर, बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी लामो समयदेखि प्राप्त नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्ण रूपमा स्थगित गरेको थियो।

अस्पतालले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकममध्ये रु आठ करोड भुक्तानी प्राप्त भएको जनाउँदै आगामी भदौ १ गतेदेखि ओपिडी सेवा पुनः सञ्चालन गर्न लागेको उल्लेख गरेको छ।

अस्पतालका अनुसार स्वास्थ्य बिमा बोर्डबाट करिब रु १७ द। उहाँका अनुसार बाँकी बक्यौता रकम आगामी भदौ मसान्तसम्म भुक्तानी हुने आश्वासन प्राप्त भएको छ।

स्वास्थ्य बिमा सेवा लिन आउने सेवाग्राहीले यसअघि जस्तै आफू आबद्ध भएको साबिकको प्रथम सेवा बिन्दुबाट जारी गरिएको प्रेषण (रिफरल) पूर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ। ओपिडीअन्तर्गतको स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन नहुने अस्पतालले जनाएको छ।

बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम नियमित रूपमा भुक्तानी भएमा सेवा सञ्चालनमा सहजता आउने स्रोत व्यक्ति प्रा डा मल्लले बताए। लामो समयदेखि रोकिएको स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन भएपछि बिरामीको स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।

यसैबिच स्वास्थ्य बिमामार्फत ओपिडी सेवा लिन आउने बिरामीका लागि रु २५ हजारसम्मको अधिकतम सीमा रहेको उनले जानकारी दिए। उक्त सीमाभित्र रहेर मात्र उपचार सेवा लिन अस्पतालले सेवाग्राहीलाई अनुरोध गरेको छ।

स्रोत व्यक्ति प्रा डा मल्लका अनुसार हाल दैनिक एक हजार २०० बिरामीलाई सेवा दिँदै आएको अस्पतालले स्वास्थ्य बिमाका सेवाग्राही थपिएपछि दैनिक एक हजार ५०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिने गरी तयारी गरिरहेको छ। अन्य सेवा सञ्चालनका लागि बोर्डसँग बिमा दाबी भुक्तानीका विषयमा छलफल भइरहेकाले सोपश्चात् टुङ्गो लाग्ने उनले बताए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link