डुम्रे–बेँसी सहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो। यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन। डुम्रे–बेँसी सहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन।
सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीको साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ। हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ। वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थल मार्गको रूपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताए।
“सधैँ ठाडो खोला तथा खहरे खोला बढेर आउँदा मनाङ आवतजावत गर्न मुस्किल हुन्छ”, लामाले भने, “मनाङतर्फ भन्दा पनि लमजुङतर्फको सडक बढी अवरुद्ध हुने समस्या छ। लमजुङका खहरे खोलाले यात्रालाई सकस बनाउने गरेको छ।”
रैदु खोला, श्रीचौरमा खहरे खोला बढेर आउँदा वारपार गर्न सक्ने अवस्था नै नभएको उनले बताए। “बिरामी भए अस्पताल पुग्न समस्या हुन्छ। यस्तो कहिलेसम्म सास्ती भोग्नुपर्ने खै रु” लामाले भने, “केही ठाउँमा अपर मर्स्याङ्दी जलविद्युत् आयोजनाले खोलामा ह्युमपाइप राखेर सजिलो बनाएको छ।” बाढी, पहिराले मनाङ यात्रालाई सकस बनाउँदै आएको छ।
बेँसी सहर–चामे सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ रैदु खोलामा बाढी आउँदा शनिबार करिब आठ घण्टा यातायात अवरुद्ध भएको थियो। आवतजावत अवरुद्ध भएपछि आयोजनाले ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
“वर्षा निरन्तर भइरहेको अवस्था छ। अझै पनि ती क्षेत्रमा जोखिम छ”, सूचना अधिकारी पौडेलले भने, “दीर्घकालका लागि नभए पनि केही समय आवतजावतमा सहज भएको जानकारी पाएका छौँ। यात्रा गर्दा भने सडकका बारेमा जानकारी लिएर मात्र गर्न सम्पूर्णमा अनुरोध गर्दछौँ।”
शुक्रबार राति परेको वर्षाका कारण बाटो अवरुद्ध भएको थियो। श्रीचौरमा ठूलो पहिरोले बाटो अवरुद्ध हुँदा मनाङ आउने र बेँसी सहर जाने यात्रुले सास्ती भोग्नुपरेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार