झापाको हल्दिबारी–३ जलथल क्षेत्रमा जंगली हात्तीको आतंक पुनः बढेको छ। गए राति करिब ११:३० बजे तीन वटा हात्ती बस्ती प्रवेश गरी स्थानीयका घर, बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याएका छन्।
हात्ती रातभर गाउँ आसपास घुमेपछि स्थानीयवासी त्रासमा जाग्राम बस्न बाध्य छन्। स्थानीयका अनुसार उक्त हात्ती आज पनि फर्किएको छैन। हात्तीले किशोर बानियाँ, आकाश आचार्य, अर्जुन खड्कालगायतका घर तथा बालीनालीमा क्षति पुर्याएको छ। दिनमा भन्दा रातमा हात्ती बढी सक्रिय हुने भन्दै स्थानीय अर्जुन खड्काले आफूहरू त्रासमा रातभर जाग्राम बस्नुपरेको बताए।
उनले भने, “हात्ती आउने बित्तिकै घरभित्रका महिला, बालबालिका र वृद्ध वृद्धा सबै डराउनुपर्ने अवस्था छ। हरेक वर्ष यही समस्या दोहोरिन्छ, अब तत्काल धपाउनेभन्दा दीर्घकालीन समाधान खोजिनुपर्छ। ”
जलथल क्षेत्रमा वर्षौँदेखि मानव–हात्ती द्वन्द्व रहँदै आएको छ। स्थानीयले हात्तीको आवागमन नियन्त्रण तथा बस्ती सुरक्षाका लागि सम्बन्धित निकायलाई प्रभावकारी र स्थायी योजना बनाउन माग गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार