त्रिशूलीमा बाढीको उच्च जोखिम: गल्छीमा जलसतह ३ मिटरले बढ्यो

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७:०० बजेको मापनमा धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरले बढेको छ।

भोटेकोशी क्षेत्रबाट आएको यो बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ। साथै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह थप बढ्ने अनुमान गरिएको छ।

महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ, “रसुवाबाट आएको बाढी र गण्डकी प्रदेशको भारी वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दो क्रममा छ। तसर्थ, चितवन, नवलपरासी लगायत नारायणी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई आज दिनभर उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link