इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको रोमाञ्चक खेलमा एस्टन भिल्लाले लिग लिडर म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भिला पार्कमा भएको यस प्रतिस्पर्धात्मक खेलमा निकोलस ज्याक्सन नायक बने, जसले दुई गोल गर्दै सिटीको यस सिजनको अपराजित यात्रामा पूर्णविराम लगाएका छन्।
खेलको सुरुवातमै घरेलु टोली एस्टन भिल्लाले आक्रामक खेल प्रस्तुत गर्यो। खेलको ६औँ मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। म्यानचेस्टर सिटीका डिफेन्डर मार्क गुएही र गोलरक्षक जियानलुइजी डोनारुम्माबीचको तालमेल बिग्रिन पुग्दा ज्याक्सनले त्यसैको फाइदा उठाएर पहिलो गोल गर्न सफल भएका थिए। पहिलो हाफ्मा सिटीले खेलमा फर्कने प्रयास गरे पनि भिल्लाको कसिलो रक्षापंक्तिलाई तोड्न असफल भयो र पहिलो हाफ्मा घरेलु टोली १–० ले अगाडि रह्यो।
तर, दोस्रो हाफको सुरुवातमै म्यानचेस्टर सिटी सम्हालियो। खेलको ५२औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हलाण्डले उत्कृष्ट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। यो गोलसँगै सिटीले खेल आफ्नो नियन्त्रणमा लिने संकेत देखाएको थियो र बलमा ६३ प्रतिशत नियन्त्रण राख्दै निरन्तर आक्रमण बुनेको थियो।
यद्यपि, सिटीको खुसी धेरै बेର टिकेन। खेलको ६०औँ मिनेटमा निकोलस ज्याक्सनले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै एस्टन भिल्लालाई पुनः २–१ को अग्रता दिलाए। त्यसपछि खेलमा सिटीले बराबरीका लागि दबाब सिर्जना गरे पनि भिल्लाका गोलरक्षक जियोन सुजुकीले केही उत्कृष्ट बचाउ गर्दै सिटीका प्रयासहरू विफल बनाइदिए। खेलको अन्त्यसम्म यही नतिजा कायम रह्यो र एस्टन भिल्लाले सिजनको पहिलो घरेलु जित दर्ता गर्यो।
यस हारका बावजुद म्यानचेस्टर सिटी २१ अंकका साथ प्रिमियर लिगको शीर्ष स्थानमा कायम छ, तर यस हारले उनीहरूको अपराजित यात्रामा धक्का लाग्नुका साथै अन्य प्रतिस्पर्धीहरूलाई अंक दूरी घटाउने मौका दिएको छ। अर्कोतर्फ, यस शानदार जितले एस्टन भिल्लालाई लिगको छैटौं स्थानमा उक्लिन मद्दत गरेको छ। निकोलस ज्याक्सनको उत्कृष्ट प्रदर्शन र निर्णायक दुई गोलले यस खेललाई प्रिमियर लिगको चालु सिजनको एक स्मरणीय खेल बनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा