रियल मड्रिडको सानदार प्रदर्शन: एल क्लासिकोमा बार्सिलोना २-१ गोल अन्तरले पराजित

स्पेनिस ला लिगा अन्तर्गत हिजो राति भएको रोमाञ्चक तथा अत्यधिक प्रतीक्षा गरिएको एल क्लासिको भिडन्तमा रियल मड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको यस प्रतिस्पर्धात्मक खेलमा रियल मड्रिडका लागि स्टार फरवार्ड किलियन एमबाप्पे नायक बने, जसले खेलमा दुवै गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए।

खेलको सुरुदेखि नै दुवै टोलीले उच्च स्तरको आक्रामक फुटबल प्रदर्शन गरेका थिए। पहिलो हाफको अधिकांश समय बार्सिलोनाले बलमा नियन्त्रण बनाए पनि रियल मड्रिडको रक्षापंक्तिलाई तोड्न सङ्घर्ष गरिरहेको थियो। खेलको ४१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै पाहुना टोली रियल मडारिडलाई १-० को अग्रता दिलाए। घरेलु टोलीका डिफेन्डर जेरार्ड मार्दिनको क्लियर गर्न खोजेको बल एमबाप्पेलाई लाग्दै जाली चुमेपछि रियलले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो।

पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै आक्रामक रणनीति अपनायो। खेलको ६१औँ मिनेटमा बार्सिलोनाका लागि ब्राजिल विंगर राफिन्हाले उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। पेद्रीको पासमा बक्सभित्र स्थान बनाएका राफिन्हाको प्रहारलाई रियलका गोलरक्षक आन्द्रेइ लुनिनले रोक्न सकेनन्। क्याम्प नोउमा उपस्थित घरेलु समर्थकहरूले बराबरी गोलपछि नयाँ ऊर्जा पाएका थिए र बार्सिलोनाले जितका लागि निरन्तर दबाब सिर्जना गरिरहेको थियो।

तर, खेलको अन्त्यतिर किलियन एमबाप्पेले फेरि एक पटक आफ्नो जादु देखाए। खेल सकिन ३ मिनेट मात्र बाँकी रहँदा, अर्थात् ८७औँ मिनेटमा वैकल्पिक खेलाडी एडुआर्डो कामाभिंगाको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मडारिडलाई २-१ को अग्रता दिलाए। बार्सिलोनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एमबाप्पेले खाली पोस्टमा सहजै गोल गरेका थिए।

यस जितसँगै रियल मड्रिडले यस सिजन ला लिगामा बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। यस हारका बाबजुद बार्सिलोना १० खेलबाट २७ अङ्कसहित ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा यावत रहेको छ। यसै गरी, चिर प्रतिद्वन्द्वीमाथि महत्त्वपूर्ण जित हात पार्ने क्रममा तेस्रो स्थानमा रहेको रियल मड्रिडको २४ अङ्क पुगेको छ।

विश्वभरका फुटबल प्रेमीहरूको नजर तानेको यस रोमाञ्चक एल क्लासिकोमा किलियन एमबाप्पेको उत्कृष्ट फिनिसिङ र निर्णायक प्रदर्शनले नै खेलको नतिजा निर्धारण गर्‍यो। खेलको अन्त्यसम्म देखिएको तीव्र प्रतिस्पर्धाले यो सिजनको ला लिगा उपाधि होड थप रोचक बन्ने सङ्केत गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link