दश करोड मानिस आफ्नो घर छोड्न बाध्य

आज जुन २० अर्थात् विश्व शरणार्थी दिवस। संयुक्त राष्ट्रको एक प्रतिवेदनले गत वर्ष १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको उल्लेख गरेको छ। शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्च आयोग (युएनएचसीआर) को सन् १९५१ मा स्थापना भएयता युक्रेनमा सबैभन्दा धेरै र छिटो बढिरहेको शरणार्थी समस्या भएको जनाइएको छ।

युएनएचसीआरले यसलाई दोस्रो विश्वयुद्धपछि अभिलेखवद्ध सबैभन्दा धेरै विस्थापित भएको घटना भएको बताएको छ । अफ्रिकाको सहेल क्षेत्रबाट इयु आउने शरणार्थीहरू बढ्न सक्ने पनि ग्लोबल ट्रेन्ड्स रिपोर्टले जनाएको छ।

युएनएचसीआरले इयु सहेल क्षेत्रबाट भागेका शरणार्थीहरूको बारेमा चिन्तित हुनुपर्छ भनेको छ ।

युएनएचसीआरका अनुसार गत वर्ष विश्वभरि १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएका थिए । यो दोस्रो विश्वयुद्ध पछि रेकर्ड भएको सबैभन्दा धेरै विस्थापित व्यक्तिहरूको संख्या हो ।

सन् १९५१ मा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) स्थापना भए यता युक्रेनमा सबैभन्दा ठूलो र द्रुत तवरले बढिरहेको शरणार्थी सङ्कट भएको उक्त निकायले आफ्नो ग्लोबल ट्रेन्ड्स रिपोर्टमा जनाएको छ ।

युक्रेनमा रुसी आक्रमणसँगै अफगानिस्तानको संकट पनि १० करोडको ‘ठूलो संख्या’ मा शरणार्थी पुर्‍याउने गर्ने प्रमुख घटनाहरू हुन्। प्रतिवेदनले विगत एक दशकमा प्रत्येक वर्ष शरणार्थी समस्या बढ्दै गएको उल्लेख गरेको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व समाधान गर्न र समाधान खोज्न कदम नचालेसम्म यो प्रवृत्ति जारी रहने बताएका छन्।

युक्रेन युद्धले खाद्य सुरक्षा संकट सिर्जना गरेको छ, जसले गरिब देशहरूमा धेरै मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य तुल्याएको छ- युएनएचसीआरले भनेको छ ।

फिलिपो ग्रान्डीका अनुसार सहायता रकम युक्रेनमा केन्द्रित भइरहेको छ, विश्वभरका अन्य सहायता कार्यक्रमहरूका लागि कम सहयोग जुटेको बताउनु भएको छ ‘युक्रेन संकटले अन्य संकटहरू छायाँमा पार्नु हुँदैन’- उहाँले भन्नुभयो ।

ग्रान्डीले शरणार्थी सङ्कटप्रति युरोपेली सङ्घको प्रतिक्रिया असमान रहेको बताउनुभयो।  ‘पक्कै पनि यसले महत्त्वपूर्ण कुरा प्रमाणित गर्छः शरणार्थीहरूको आगमनलाई प्रत्युत्तर दिन, धनी देशहरूको किनार वा सीमानामा निराश मानिसहरूको आगमनलाई व्यवस्था गर्न नसकिने खालको छैन’- उनले भने ।

सहेल क्षेत्रका शरणार्थीहरू

ग्रान्डीले इन्धनको मूल्यवृद्धि, जलवायु संकट र हिंसाबाट बच्न अफ्रिकाको साहेल क्षेत्रबाट धेरैभन्दा धेरै मानिसहरू पलायन भइरहेको बताए । यी विस्थापित मानिसहरू संकटबाट बच्न उत्तरबाट युरोपतिर जान सक्छन् ।

उनले यस क्षेत्रले वर्षौंदेखि खडेरी र बाढी, आय असमानता, कमजोर स्वास्थ्य सेवा र खराब शासनको सामना गरिसकेको बताए । बढ्दो खाद्य सुरक्षा संकटले समस्या थपेको छ।

‘म साहेलको बारेमा धेरै चिन्तित छु । र मलाई लाग्दैन कि हामी यो क्षेत्रको बारेमा पर्याप्त कुरा गर्छौं जुन युरोपबाट निकै नजिक अवस्थित छ’- उनले भने ।

प्रतिवेदनले युक्रेन, भेनेजुएला, म्यानमार, सिरिया र त्यसभन्दा बाहिरको संकटले अवस्थालाई थप खराब बनाएको जनाएको छ ।

प्रस्तुति मनोजराज रेग्मी

तस्बिर सौजन्यः युएनएचसीआर

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link