वर्षभर खेतबारीमा बाढीको पानी हुने हुँदा कोशीको भारततिरको भागमा स्थानीय मानिसहरूले गहुँ र धान खेती छोडेर मखना खेती गर्न थालेका छन्।
“मेरो एक ठाउँमा ३ बिघा खेती जग्गा छ, जुन सडकभन्दा ८–१० मिटर गहिरो छ। २०२१ अघि धानको सिजनमा धान र गहुँको सिजनमा गहुँ र मुग खेती गर्थे, तर पानी परेपछि सबै बर्बाद भयो। त्यसपछि गाउँका कृषक सल्लाहकार बेचन मण्डलले मखाना खेतीमा अनुदान आइरहेको बताउनुभयो, मैले त्यो कुरा बुझेँ र आफ्नै खेतीसँगै छेउछाउको ४ बिघा जमिन प्रति बिघा ७२०० रुपैयाँ दरमा भाडामा लिएँ। गत फागुनबाट मखना खेती सुरु गरेको हो।२०२१ मा ८ बिघा खेतबाट करिब ३ लाख रुपैयाँ खुद आम्दानी भएको थियो।अहिले अनुदानका लागि निवेदन दिए ,अनुदान पाएपछि आम्दानी अझै बढ्ने छ।” भारतको बिहारको सुपौल जिल्लाको बाभनी गाउँका पंकज मिश्र भन्नुहुन्छ।
बाभनी गाउँ कोशीको छेउमा रहेको छ, जहाँ बाढीले बारम्बार मानिसहरूले बालीनाली नोक्सान गर्छ। तर अहिले यही बाढीको पानी उनीहरूका आम्दानीको स्रोत बनेको छ। पंकजजस्तै धेरै कृषकहरू कोशीका बाढीग्रस्त क्षेत्रमा मखनाको खेतीमा ध्यान दिन थालेका छन्।
त्यस्तै, कोशी छेउछाउको सहरसा जिल्लामा मखना खेतीयोग्य क्षेत्रफल बढ्दै गएको छ। जिल्ला बागवानी विभागमा कार्यरत सञ्जीवकुमार झा यस वर्ष जिल्लामा ९० हेक्टरभन्दा बढी क्षेत्रफलमा मखाना खेती भइरहेको बताउनुहुन्छ। यसअघि ३०–३५ हेक्टरमा मखाना खेती हुन्थ्यो।
कोशी नदी वरपरको क्षेत्र मखनाका लागि उपयुक्त रहेको सञ्जीव बताउनुहुन्छ। यही कारणले भारत सरकारले मखाना विकास योजना सुरु गरेको हो, जसअन्तर्गत किसानहरूलाई अनुदान दिइन्छ। प्रधानमन्त्री सूक्ष्म खाद्य उद्योग स्तरोन्नति योजना मार्फत सहरसालाई एक जिल्ला एक उत्पादन अन्तर्गत मखानाका लागि छनोट गरिएको हो। यसको फाइदा पनि किसानले पाएका छन्।
यसपटक सहरसाको बानगाउँ गाउँका भरत खानले २३ कठ्ठा जग्गामा मखना खेती गर्दै हुनुहुन्छ। भरत खान भन्नुहुन्छ, “एक हेक्टरमा मखाना खेती गर्न कम्तीमा एकदेखि डेढ लाख रुपैयाँ खर्च लाग्छ। गरिब किसानले यति पैसा कहाँबाट ल्याउने। त्यसैले पहिले ठूला किसानले मात्र मखाना खेती गर्थे। पोखरीबाट डेढदेखि दुई फिटभन्दा कम पानी भएको खेतमा पनि कम माखना खेती गर्न सकिने भएकाले साना किसानले पोखरीको सट्टा खेत खनेर माखना खेती गरिरहेका छन्।
सुपौल जिल्लाको लक्ष्मीनिया गाउँ पनि कोशी नदीले घेरिएको छ। हरेक वर्ष खोलाको बाढीको पानी यस गाउँका खेतबारीमा पुग्छ। त्यसैले किसानले यसपटक गहुँ र धान छोडेर मखानासँगै माछापालन थालेका छन्। कोशी क्षेत्रका विभिन्न गाउँका दर्जनौं किसानले माखना खेती गरेर आफ्नो जीवनमा परिवर्तन ल्याउन थालेको गाउँपालिका प्रमुख रोशन झा बताउनुहुन्छ।
बिना बाभङ्गामा गाउँको सुन्दरपुर टोलका सञ्जित मण्डलले पोखरी विधिबाट मखना र माछापालन गर्दै हुनुहुन्छ। सरकारको माछापालन अनुदान योजनाको फाइदा किसानले पाएको सहरसा जिल्ला किसान सल्लाहकार संघका उपाध्यक्ष कुमार गणेश बताउनुहुन्छ। माछापालनका लागि नयाँ पोखरी निर्माणमा ९० प्रतिशतसम्म अनुदान दिइने भएको छ। बजारसम्म माछा ढुवानी गर्न गाडीभाडा र आइसबक्स खरिदमा अनुदान दिने व्यवस्था पनि छ।
भोला पासवान शास्त्री कृषि कलेज पूर्णियाका प्रिन्सिपल डा पारसनाथले कोशी हाम्रा लागि वरदान भएको बताउनुहुन्छ। कोशीका कारण १० देखि १५ फिटसम्म पानी पाइन्छ। त्यसैले यहाँ मकै र मखना खेती गरिन्छ। पूर्णिया जिल्लामा मात्र ६ हजार हेक्टरमा मखाना खेती भई ५ हजार २ सय ८० टन उत्पादन हुन्छ। कटिहार जिल्लामा ५ हजार हेक्टरमा मखना र ७० हजार हेक्टरमा मकैको खेती हुने गरेको छ। पूर्णिया अररिया, किशनगञ्ज र कटिहार जिल्लाबाट करिब २० लाख टन मकै अन्य प्रदेश वा विदेश पठाइन्छ।
डाउनुटुअर्थमा छापिएको राहुलकुमार गौरवको आलेखको भावानुवाद।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने