विगतमा नै रमाउने हो त?

सुरेन्द्र केसी

हाम्रा पालामा कति राम्रो थियो। समाज त पुरानै राम्रो, कस्तो अदब थियो, अनुशासन थियो। पहिला गाउँ वा सहर कति राम्रो थियो, खान्की कति मिठो थियो, कति पोसिलो थियो।

यसरी बितिसकेको कुरा सम्झेर त्यही राम्रो भन्ने गफ तपाईँले पनि सुन्नु भएको होला। अलिकति उमेर ढल्केका मान्छेको मुखबाट भूतकाल राम्रो भनेर प्रायः सुनिन्छ। अङ्ग्रेजीमा रेट्रोफाइल भनिने यो प्रवृत्ति सायद मानिसले वर्तमानका भावनाभन्दा पनि विगतका भावनालाई सशक्त रूपमा अनुभूति गर्ने भएकाले जन्मन्छ।

खासमा त समाज परिवर्तनशील छ। पृथ्वीको उत्पत्ति आजभन्दा करिब ४ .६ अरब वर्ष पहिले भएको भन्ने तथ्य विभिन्न प्रकारको चट्टानहरूको अध्ययनबाट वैज्ञानिकहरूले अनुमान लगाएका हुन्। नयाँ नयाँ प्रविधिसँगै मानवको विगतका बारेमा, उसको उत्पत्तिको समयका बारेमा अनेकन तथ्यहरू बाहिर आउन थालेका छन्। वैज्ञानिक अल्वर्गको समूहले सन् २०१७ मा “ट्रेलिकोस” पदचिन्हबारे पहिलो खोजमूलक तथ्य बाहिर ल्याएका थिए जसमा करिब ती खुट्टाको डोबहरू  ६० लाख  ५ हजार वर्ष पुरानो भनेर दाबी गरेका छन्। त्यसैगरी अफ्रिकामा ७० लाख वर्षपहिले अस्तित्वमा रहेको ”होमिनिन” प्रागमानव सबैभन्दा पुरानो प्रजातिको “साहिल” एन्थ्रोपसको खप्पर भेटिएको थियो। अधिकांश जीवनशैली एवं वैज्ञानिकहरू मानव जातिको उद्गम स्थल अफ्रिकालाई नै मान्दछन् यो सिद्धान्तअनुसार २० लाख वर्ष पहिले विश्वका अरु स्थानमा बसाइ सर्नु भन्दा अगाडि अफ्रिकामा मानव उत्पत्ति भइसकेको थियो। तर स्विडेनका अध्येता पर अल्वर्गले उक्त तथ्यलाई चुनौति दिदैँ “ट्रेलिकोस”  पदचिन्ह ६० लाख वर्ष पुरानो भनेर दावी गरेका छन्।

त्यसैगरी जीवशास्त्रीहरूका अनुसार ओराङ्ओटन, चिम्पान्जी र मानव जस्ता नरवानर समूहको जन्म २/३ करोड वर्ष  देखि ५० लाख वर्ष अघि अवधिसम्म मध्ययुगमा उत्पत्ति भएको मानिदै आएको छ। वर्तमान मानव तीन लाख वर्ष अघि अफ्रिकामा देखा परेको “होमोसेपेन्स” भन्ने वर्गको कुरामा दुईमत छैन। अहिलेको मान्छेको पुस्ता भन्दा अघि दुई खुट्टा टेकेर हिड्ने मानव “ ग्रेको पिकेथस” ७१ देखि ७२ लाख वर्ष पुरानो रहेको दावी गरेका छन् तसर्थ  विज्ञानको चरम विकास सँगसँगै धेरै नयाँ कुराहरू दिन दिनप्रतिदिन प्रमाणित हुँदै छन्।

त्यसैगरी समाजको कुरा गर्ने हो भने यो विभिन्न युग हुँदै आएको भेटिन्छ। १)  ढुङ्गे युग− यसमा मानिसको घुमन्ते जीवन थियो।  २) नयाँ  ढुङ्गे युग  − जहाँ समूह वा कम्युनमा स्थायी रुपमा बसोबास गर्न थाले  ३) कृषि वा पशुपालन  −आफ्नो लागि जोह गर्न थाले ४) औधोगिक − बढ्दो जनसंख्या साथसाथै आवश्यकता पूरा गर्न थाले ५) आधुनिक − वर्तमान अवस्था।

समाजको परिवर्तन सामाजिक क्रान्तिद्वारा विकास हुँदै आएको हो।  समाजशास्त्रमा यसलाई स्पष्ट रुपमा यो एक सामाजिक क्रान्ति र विकास हो भन्ने बुझिन्छ। त्यसपश्चात् समाजको क्रमिक रुपमा विकास हुँदै आयो। सामाजिक क्रान्तिमा एक प्रकारले सबै पक्ष बदलिँदै विशिष्ट रूपमा भन्नुपर्दा एक प्रकारको मौलिक परिवर्तन मान्न सकिन्छ। समाज परिवर्तन सकारात्मक मात्र हुँदैन।  इतिहासको पाना पल्टाएर हेर्ने हो भने समाज एवं मानव सभ्यता नै ध्वस्त हुने खालका युद्ध नभएका होइनन्। सकारात्मक पक्षलाई हेर्ने हो भने सामाजिक प्रगति वा समाजको विकास प्रगतिशील आन्दोलन सामाजिक जीवनमा परिवर्तन जस्ता सुष्मा वा सरलदेखि जटिल एवं उच्च परिवर्तनका सकारात्मक पाटोहरू छन् । यसप्रकारका परिवर्तनले सामाजिक न्याय र स्वतन्त्रलाई विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्दछ भने समतामूलक समाज निर्माण हुनुका साथै जीवनशैली समेत उच्च हुन्छ।  वर्तमानको सकारात्मक विकास  वा सामाजिक परिवर्तनलाई हेर्ने हो भने स्वास्थ्य, शिक्षा ,उद्योग ,बाटोघाटो, यातायात, विज्ञान, मंगलग्रहमा बस्ती बसाल्ने,परिकल्पनालाई समाजको अभिन्न अङ्ग मान्न सकिन्छ। तसर्थ परिवर्तन विश्वव्यापी तथ्य नै भइसकेको  छ भने विकासका सम्पूर्ण मापदण्डलाई समाजमा आएको परिवर्तनका कारणले नै हो भन्ने कुरा ठोकुवाका साथ गर्व गर्न सकिन्छ।

सामान्यतया सामाजिक विकासको मापदण्ड विभिन्न तथ्यहरूलाई हेरेर तय गर्न सकिन्छ जसमा ज्ञानको स्तर, नैतिकता, विज्ञानको विकास आदिले पनि प्रमुख भूमिका खेल्छ। मानिस सामाजिक प्राणी हो सबै मानिस स्वतन्त्र जन्मेका हुन्छन्। समाज त्यसकारण पनि अस्तित्वमा आयो कि जहाँ प्रमुख कार्यहरूमा मानिसहरूले गरेको सम्झौता नै हो। मानव विकासको इतिहास हेर्ने हो भने सँगै बस्न सिके, समूहमा बस्न थाले, समुहमा नै शिकार गर्न थाले, समुहमा नै खेती गर्न थाले र समाजको विकास बिस्तारै त्यही समूहको नेतृत्व गर्दै नेतृत्व विकास समेत गरे। यही सिद्धान्तका कारणले गर्दा बलियो र कमजोर वंश वा वर्गको उत्पत्ति भयो अन्तमा पितृसत्तात्मक र मातृसत्तात्मक समाजको निर्माण भयो। प्रमुख त विभिन्न समाजका विकार त्यसले अंगिकार गरेको संस्कृतिका प्रमुख आधार भनेर नै समाजको प्रगतिको मापन गर्ने गरेको पाइन्छ। जसमा व्यक्तिको इच्छा अनुशासन वा सहयोगको भावनालाई समेत हेर्नुपर्ने हुँदोरहेछ त्यस्तै मानव आवश्यकता प्रजनन अधिकार र व्यवहार समेत पर्दछ। व्यक्ति वा वर्गको विकास  परिवर्तनको शक्तिलाई लिन सकिन्छ।

१९ औ शताब्दीको मध्यमा सामाजिक विकास, चाल्स डार्बिनको भौतिक विकास उत्पत्ति १९ औ शताब्दीमा लुईस हेनरी मर्गनलाई विकासवादी सिद्धान्तलाई समाजमा व्याख्या गरे। तसर्थ आधुनिक र प्राचीन ग्रन्थहरूमा १९९५ मा  लेखिएको छ परिवर्तनको शास्त्रीय शैली परिवर्तन भएको छ त्यो प्रगति प्राकृतिक, अपरिहार्य,  क्रमशः र निरन्तर छ।

यसरी परिवर्तन मानव संस्कृति सभ्यता आदिमा प्रचुर मात्रामा भएको कुरा वर्तमानलाई नियाल्दा प्रष्ट हुन्छ। मानवशास्त्रीय दृष्टिकोणले हेर्दा पनि मानव एक असामान्य र असन्तुष्ट प्राणी भएको कुरा प्रष्ट हुन्छ। यदि आदिमकालमा घुमन्ते र  सिकारमा मात्र रमाएको भए, ढुंगाका हतियार मात्र भएको भए, यातायातका साधनमा साइकल मात्र होइन, विभिन्न प्रकारका यातायातका साधन मात्र रमाएका भए प्लेन रकेट बन्ने थिएन , सञ्चारको क्षेत्रमा छापा पत्रिकामा मात्र रमाएको भए एक मिनेटभित्र इन्टरनेटको माध्यमबाट संसारसँग जोडिन सकिँदैन थियो,  त्यस्तै शिक्षा स्वास्थ्य खेलकुद मानिसका जीवन यापनका हजारौँ क्षेत्रहरूको विकास हुने थिएन। त्यसैले त विगत सम्झेर रमाइने हो तर प्रगतिका लागि त भूतकाल र  वर्तमानसँग असन्तुष्ट नै हुनुपर्छ तब न प्रगति हुन्छ।

सुरेन्द्र केशी राजनीतिकर्मी तथा समाजशास्त्री हुनुहुन्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र केसी का अन्य पोस्टहरु:
विगतमा नै रमाउने हो त?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link