नेपालमा मानसिक स्वास्थ्यमा रहेको लाञ्छनाको परिस्थितिलाई फेर्नका लागि ६ वटा संस्थाले नेपाल मेन्टल हेल्थ इनिसिएटिभ शुरु गरेका छन्। यसका लागि ती संस्थाहरूले साउन २२ गते एक समारोह बीच नेपाल मेन्टलहेल्थ डटकम नामक वेवसाइट पनि शुरु गरेका हुन्।
यो प्रयासमा मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको विभिन्न बिषयहरूमा काम गर्ने ६वटा संस्थाहरू, ग्लोबल सेपर्स काठमाडौं हब, अन्तरङ, युवा, ह्याप्पी माइन्ड्स, नेपाल इन्स्टिच्युट फर रिसर्च एण्ड कम्युनिकेसन्स, र पहिलो कदम जोडिएका छन्।
यो पहलका बारेमा यसका सदस्य सौरभ थापा श्रेष्ठले भन्नुहुन्छ, “मानसिक स्वास्थ्य विशेषज्ञहरू खोज्नलाई सजिलैसँग जानकारी उपलब्ध गराउने प्रयासका साथै उनीहरूले आफू कहाँबाट परामर्श लिन उपयुक्त छ भनी छनोट गर्न सक्ने प्लेटफर्म हो ।” प्रयोगकर्ताले वेबसाइट मार्फत मानसिक स्वास्थ्य विशेषज्ञहरूको परामर्श समयदेखि शुल्कसम्मको जानकारी पाउनेछन्।
“यस पहलका लागि संस्थाहरुलाई एकसाथ ल्याएर मानसिक स्वास्थ्यको बृहत मुद्दामा वकालत गर्ने उद्देश्य रहेको छ । र यस मुद्दालाई प्राथमिकतामा राख्न यस साझेदारीको सामुहिक प्रयास हो,” पहिलो कदमका क्षेत्रीय प्रमुख अनामिका नेहुरे भन्नुभयो। नेपाल मानसिक स्वास्थ्य इनिसिएटिभद्वारा आगामी दिनहरूमा मानसिक स्वास्थ्य अन्तर्गतका बिषयहरुमा चेतना फैलाउने योजनाका साथै विभिन्न मुद्दामा वकालत गर्ने जनाएको छ । र अन्य विभिन्न संघ संस्थाहरुलाई समाहित गरेर कार्येक्रमहरु गर्ने लक्ष्य लिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार