काठमाडौंमा यसरी निकालिदो रहेछ मृतकका नाममा सामाजिक सुरक्षा भत्ता

काठमाडौं महानगरपालिकाले मृत्यु भइसकेका लाभग्राहीका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखा परीक्षकले पाइएको छ। यो बेरुजूको यो एउटा उदाहरण मात्र हो। नायब महालेखापरीक्षक त्रिलोचन आचार्यले काठमाडौं महानगरपालिकालाई लेख्नु भएको पत्रमा भनिएको छ, ” लेखापरीक्षणबाट रू १ अर्ब ७ करोड १२ लाख २५ हजार बेरुजू देखिएको छ। सोमध्ये प्रतिक्रियाबाट रू ३७ लाख ८१ हजार फरच्यौट भई रू१ अर्ब ६ करोड ७४ लाख ४४ हजार बाँकी रहेको छ । बाँकी बेरुजू मध्ये असुल गर्नुपर्ने रू २५ करोड ७५ लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू ६१ करोड ४६ लाख ८४ हजार, नियमित गर्नुपर्ने रू४ करोड ४५ लाख ८८ हजार र पेश्की रू १५ करोड ६ लाख ६ हजार रहेको छ। महानगरपालिकाको गत वर्षसम्म रू ४ अर्ब ४८ करोड ४१ लाख ८२ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेथ हालसम्मको अद्यावधिक बेरुजू रू ३ अर्ब ८५ करोड ७ लाख ४५ हजार रहेको छ। ”

महालेखा परीक्षकको ५१ औं प्रतिवेदनअनुसार काठमाडौं महानगरको वडा नम्बर १ मा तिर्थमाया महर्जन, राममाया केसी, कमला राणा विधुवा र हरिबहादुर कार्कीसमेत ४ जनाका नाममा २३ हजार ३ सय १४ रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २ मा मोहनराज पन्त, मदन श्रेष्ठ, चौथीमाया मानन्धर, कृष्णबहादुर शाह, पञ्चमाया महर्जन, छिन्दी शेर्पेनी, छिन्दी शेर्पेनी, छिन्दी शेर्पेनी, रामबहादुर मगर, रामदेवी डंगोल, राजराजेश्वरी शाहसमेत ११ जनाको नाममा जम्मा ७४ हजार रुपैयाँ बढी भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी वडा नम्बर ३ मा २ जना माधवप्रसाद रेग्मी र तारादेवी सापकोटाका नाममा ७ हजार ६ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ४ मा १० जना पवित्रा सिटौला, पदमा गुरुङ, मोतीबहादुर भट्टराई, लक्ष्मीकुमारी तण्डुकार, तारादेवी श्रेष्ठ, मैयादेवी श्रेष्ठ, ज्ञानुदेवी अर्याल, इमानसिंह गुरुङ, छत्र काफ्ले, प्रेम ओलीका नाममा ७७ हजार ६ सय बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ५ मा १२ जना बुद्धिनाथ थपलिया, श्रीप्रजापति, चतुरमान कुसुले, जयन्तीदेवी रघुवंशी, मञ्जु स्थापित, कान्छी थापामगर र धना केसी, चतुरमान कसुले, चतुरमान कुसुले, कान्छी थापामगर, कान्छी थापामागर, धनाकेसीका नाममा ९५ हजार ७ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ६ मा ९ जना गायत्री सिकदेल विधुवा, सार्की डोमा शेर्पा, कमलकुमारी आचार्य, दिलबहादुर कार्की, दिव्यसोरा ओली, ज्ञानुमाया बोहोरा, साहिली लमिनी, पृथ्वीबहादुर कार्की, सुकुमाया लामाका नाममा ४८ हजार ६ सय रुपैयाँ भुक्तानी दिइएको छ।

वडा नम्बर ७ मा २ जना सावित्री सिलवाल र शारदा रानामगरका नाममा ९ हजार ५ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ८ मासुकुमाया डंगोल, हरिमाया श्रेष्ठ, गुहेश्वरी सालिके, इन्दिरा मैनाली, पुरणमाया श्रेष्ठ, लिलाकुमारी रायमाझी, सिता श्रेष्ठ, विष्णुमाया भट्टराई समेत गरी ८ जनालाई १ लाख १ हजार ८ सय ६७ रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर १० मा बद्रीप्रसाद उपाध्याय, बद्रीप्रसाद उपाध्याय, नानु अधिकारी, शिवकुमारी खाती, शिवकुमारी खाती, सावित्री पराजुली, साबित्री पराजुलीसमेतका ८ जनाका नाममा ७५ हजार ४०० रुपैयाँ बढी भुक्तानी दिइएको छ।

यसैगरी सोही वडामा विशेष भत्ता भनेर मृत ३ व्यक्ति पिताम्बरध्वज खती, नानु अधिकारी र हिमाल रेग्मीका नाममा ३६ हजार रुपैयाँ भुक्तानी दिइएकाले असुल उपर गर्नुपर्ने भनेर औंल्याइएको छ।

वडा नम्बर ११ मा ३ जना विष्णुमाया शाही खड्गी, मोतिहर्ष बज्राचार्य, केशव खड्गीका नममा १४ हजार ८०० रुपैयाँ बढी निकासा गरी भुक्तानी दिइएको छ।

वडा नम्बर १३ मा सीताराम श्रेष्ठ, गणेशदेवी मानन्धर, चिनिमाया थापा, हरिप्रसाद पाठक, कामीनिराज भण्डारी, तीर्थ महर्जन, गुरुङचा महर्जन, रत्नमाया महर्जन, शान्ती शाही विधुवा, लक्ष्मीदेवी शाक्य, रुकमणी श्रेष्ठ गरी ११ जनाका नाममा ६४ हजार एकसय रुपैयाँ निकासी गरी बढी भुक्तानी दिइएको छ।

वडा नम्बर १४ मा विष्णु राना, सविता गौतम, कृष्णमाया सुवेदी, मिनादेवी रिसाल, मिठु सुवेदी, शुशीला देवी जोशी, कान्छी थापा, माइली महर्जन, प्रेमबहादुर थापा, ईश्वरी रिजाल, कान्छी थापा, प्रेमबहादुर थापा, बाबुराम मानन्धर, सीता खत्री, श्रीमती अनन्तपूर्ण सुवेदी, लक्ष्मीदेवी श्रेष्ठ, रत्नमाया महर्जन, कृष्ण श्रेष्ठ, श्रीमती अन्नपूर्ण सुवेदी, गणेशप्रसाद भट्टराई, कृष्णप्रसाद पौड्याल, मंगलदास मानन्धर, बाबुराम सुनुवार, सिता बुढाथोकी, रत्नमाया महर्जनसमेत गरी २५ जनाका नाममा १८ लाख ७ हजार नौ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर १६ मा डम्बरबहादुर थापा क्षेत्री, हरिशंकर श्रेष्ठ, रमेशप्रसाद घिमिरे, बुद्धिमान लालचन, लक्ष्मी पन्त, शारदादेवी डंगोल, नानु श्रेष्ठ, लुरि भन्ने पदमकुमार बस्नेत, कृष्णविलाश भट्ट समेत गरी ९ जनाका नाममा ६४ हजार चारसय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर १७ मा हरिदेवी श्रेष्ठ, हरिदेवी श्रेष्ठ, हरिदेवी श्रेष्ठ, माया पोडेनी, माया पोडेनी, कृष्णकुमारी खड्गी, दोर्जे गुरुङ, अमृतलाल बज्राचार्य, राजेश्वरी श्रेष्ठ, राजेश्वरी श्रेष्ठ समेत गरी १० जनाका नाममा ९४ हजार छ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर १८ मा पूर्णमाया महर्जन, तुल्सी महर्जन, रामकुमारी प्रजापति, हरिलक्ष्मी बैध्य, राधा श्रेष्ठ, धर्मनारायण महर्जन, मञ्जुला बैध्य कर्माचार्य, जानकीदेवी माली, बिनुकुमारी पन्त, खड्गबहादुर थापामगर, आशामाया श्रेष्ठ, जितबहादुर श्रेष्ठ, जयप्रकाश पाण्डे, लक्ष्मीदेवी मानन्धर, पूर्णमाया श्रेष्ठ, सूर्यरत्न बज्राचार्य, प्राणदेवी महर्जन, मोहनसुन्दर श्रेष्ठ, गोपनी राजभण्डारी, मोहनदेवी महर्जन, प्राणमाया महर्जन, बुद्धिनारायण डंगोल, गणेशलक्ष्मी श्रेष्ठ, भीमलाल बज्राचार्य, धनमाया शाही, मोतीमाया महर्जन, सान्तुमाया महर्जन, अम्बिकामान मुल्मी, तुल्सीरत्न कंशाकार, किरणप्रसाद पाण्डेसमेत गरी ३० जनाका नाममा २६ लाख एक हजार नौ सयरुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर १९ मा हेरादेवी डंगोल, न्हुच्छेरत्न शाही, गंगालाल शाही, पूर्णदास खड्गी, तीर्थमान श्रेष्ठ, मिश्रीमाया शाही, कमलादेवी जोशी, कमलादेवी जोशी, लक्ष्मीकान्तध्वज जोशी, गंगामाया चित्रकार, तारादेवी बज्राचार्यसमेत गरी ११ जनाका नाममा ८८ हजार दुई सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २१ मा बिन्द्रादेवी श्रेष्ठ, शेरबा शाही, बालकुमारी लामिछाने, शिवाराम राजवंशी, शंकर ढुंगाना, सुनवती तण्डुकार, सुनवती तण्डुकार, नान्यमुनी बज्राचार्य, तीर्थनारायण डंगोल, भीमनारायण महर्जन समेत गरी १० जनाका नाममा १ लाख ८२ हजार पाँच सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २२ मा राममाया महर्जन, जगदिश्वर खड्गी, नानी महर्जन, कयौ मयजु स्थापित, लक्ष्मीदेवी शाक्य, दानशोभा चित्रकार, जगतकुमारी बज्राचार्य, कृष्णप्रसाद शाही, सुलोचना श्रेष्ठ, ध्रुवरत्न सिख्राकार, सिद्धिरत्न स्थापित, निर्मलादेवी श्रेष्ठ, श्यामकृष्ण मानन्धर, जिवरत्न सिख्राकार, सिरकुमारी खड्गी, सुरेन्द्रदास कर्माचार्य, कदमबहादुर श्रेष्ठ, ज्ञानदेवी स्थापित, महेन्द्ररजत्न बज्राचार्यसमेत गरी १९ जनाका नाममा १ लाख ३ हजार रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २३ मा तारामैया श्रेष्ठ, तीर्थबहादुर मानन्धर, तेजमाया महर्जन, हेरामाया मानन्धर, मचाम मानन्धर, बसन्त हर्ष बज्राचार्य, कमला श्रेष्ठसमेत गरी ७ जनाका नाममा ५८ हजार ९ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २५ मा हर्षवीर सिंह तुलाधर, हर्षवीर सिंह दुलाधर, भीमलाल जोशी, कृष्णलाल श्रेष्ठ, ज्ञानी महर्जन, इन्द्रकृष्ण श्रेष्ठ, तारादेवी श्रेष्ठ, तारादेवी श्रेष्ठ, तारादेवी श्रेष्ठ, कान्छाकाजी बज्राचार्य, रत्नकाजी ताम्राकार, रत्नकाजी ताम्राकार, रत्नकाजी ताम्राकार, अष्टमाया मानन्धर, अष्टमाया मानन्धर, अष्टमाया मानन्धर, रत्नकेशरी बज्राचार्य, चन्ता महर्जन, ईश्वरमान राजभण्डारी, कृष्णकुमारी तुलाधर, कृष्णकुमारी तुलाधर, कृष्णकुमारी तुलाधर, गोकुलदेवी जोशी, गोकुलदेवी जोशी, हिरादेवी प्रधान, विष्णुलक्ष्मी ताम्राकार, इन्द्रमाया श्रेष्ठ सालिखे, इन्द्रमाया श्रेष्ठ सालिखे, इन्द्रमाया श्रेष्ठ सालिखे, पूर्ण महर्जन, जुजुकाजी कर्माचार्य, धनबहादुर नकर्मी, धनबहादुर नकर्मी, धनबहादुर नकर्मी, छोरी कपाली, इन्द्रमाया श्रेष्ठ, पञ्चमाया महर्जनसमेत गरी ३८ जनाको नाममा ३ लाख ४० हजार ४०० रुपैयाँ बढी भुक्तानी दिइएको छ।  वडा नम्बर २६ मा कान्छी महर्जन १२ हजार रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २७ मा महानगर विशेष भत्ताका नाममा ६ जना मोहन नारायण महर्जन, दानलक्ष्मी तुलाधर, रत्नानन्द वैद्य, रामदेवी श्रेष्ठ, रत्नप्रभा ताम्राकार, निलहेरा तुलाधरका नाममा ७२ हजार रुपैयाँ बढी भुक्तानी दिइएको छ।

सोही वडामा मृत्यु भइसकेका २९ जना लाभग्राहीका नाममा १ लाख ७७ हजार ८०० रुपैयाँ बढी भुक्तानी दिइएको छ। लाभग्राहीहरुको नाम निम्नानुसार रहेको छ। शैली श्रेष्ठ, रत्नप्रभा ताम्राकार, कुलबहादुर महर्जन, श्रीलाल श्रेष्ठ, चन्द्रबहादुर मानन्धर, रत्नानन्द बैद्य, लक्ष्मी श्रेष्ठ, मोतिलानी कंसाकार, निररत्न ताम्राकार, माणिकरत्न बज्राचार्य, प्राण्हिरा कंसाकार, रामदेवी श्रेष्ठ, मोहननारायण महर्जन, दानलक्ष्मी तुलाधर, मेरुहर्ष बज्राचार्य, तिर्थनारायण महर्जन, नानी महर्जन, नानीछोरी शाक्य, सुन्दर नकर्मी, चन्द्रलाल श्रेष्ठ, पूर्णमाया श्रेष्ठ, गोपाल ख्वाजु श्रेष्ठ, झ्यापु महर्जन, द्वारिकानाथ श्रेष्ठ, काजीबहादुर श्रेष्ठ, चिनीदेवी श्रेष्ठ, किर्तीबहादुर शाक्य, अकलमान ताम्राकार, प्राणमाया ताम्राकारसमेतका नाममा १ लाख ७७ हजार ८ सय रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर २९ मा रामकृष्ण तण्डुकार, देवीबहादुर गुरुङ, देवीबहादुर गुरुङ, पूर्णकुमारी कर्माचार्य, प्रेम मञ्जरी देवी शर्मा, नगेन्द्रमणि आचार्य, खगेन्द्रबा केसी, कल्पना तण्डुकार, देवीबा निरौलासमेत गरी ९ जनाका नाममा ६२ हजार ८०० रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ३० मा मधुरी श्रेष्ठ, मधुरी श्रेष्ठ, बसुन्धरा महर्जन, सन्तबहादुर भुजेल, गगनप्रताप मल्ल, विदुर थापा, मोहनबहादुर केसी, मोहनबहादुर केसी, कृष्णकुमारी खड्गी, चम्पादेवी तुलाधर, कृष्णराज पाण्डे, आशामाया मुनिकार, न्हुछेबहादुर खाँण, रामेश्वर तिवारी, बिजुलीदास खड्गी समेत गरी १५ जनाका नाममा १ लाख ४६ हजार ९०० रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ३१ मा लक्ष्मी श्रेष्ठ, लालबा बस्नेत, कर्णबा भण्डारी, गोविन्दबा श्रेष्ठ, चन्द्रमाया गुरुङ, डम्बरनारायण यादव, डिल्लीनाथ खरेल, भीमचन्द्र ठकुरी, रामबा बैद्य, शमशेर बा खत्री, शुभनारायण श्रेष्ठ, हेमकुमारी थापासमेत गरी १२ जनाका नाममा ९७ हजार ३०० रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर ३२ मा इश्वरादेवी भुडभरी, कमला मिजार, मथुराजिसी विधुवा, भरतप्रसाद पराजुली, बेदकुमारी रायमाझी, शिवप्रसाद ढकाल, नानीमैया बस्ने, प्रभा कार्की, सितामाया घिमिरे, नानीमैया बस्नेतसमेत गरी १० जनाका नाममा ५५ हजार २०० रुपैयाँ बढी भुक्तानी दिइएको छ।

वडा नम्बर भत्ता रकम
वडा नम्बर १ सामाजिक सुरक्षा भत्ता २३,३१४
वडा नम्बर २ सासुभ ७४,०००
वडा नम्बर ३ सासुभ ७,६००
वडा नम्बर ४ सासुभ ७७,६००
वडा नम्बर ५ सासुभ ९५,७००
वडा नम्बर ६ सासुभ ४८,६००
वडा नम्बर ७ सासुभ ९,५००
वडा नम्बर ८ सासुभ ११,८६७
वडा नम्बर १० सासुभ ७५,४००
वडा नम्बर १० विशेष भत्ता ३६,०००
वडा नम्बर ११ सासुभ १४,८००
वडा नम्बर १३ सासुभ ६४,१००
वडा नम्बर १४ सासुभ १८,७,९००
वडा नम्बर १६ सासुभ ६४,४००
वडा नम्बर १७ सासुभ ९४,६००
वडा नम्बर १८ सासुभ २६,१,९००
वडा नम्बर १९ सासुभ ८८,२००
वडा नम्बर २१ सासुभ १,८२,५००
वडा नम्बर २२ सासुभ १,०३,०००
वडा नम्बर २३ सासुभ ५८,९००
वडा नम्बर २५ सासुभ ३,४०,४००
वडा नम्बर २६ सासुभ १२,०००
वडा नम्बर २७ विशेष भत्ता ७२,०००
वडा नम्बर २७ सासुभ १,७७,८००
वडा नम्बर २९ सासुभ ६२,८००
वडा नम्बर ३१ सासुभ ९७,३००
वडा नम्बर ३२ सासुभ ५५,२००

महालेखा परीक्षकलेसम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाइ बढी निकासा गरी भुक्तानी दिइएको रकम असुल उपर गर्न भनेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link