भारतमा इतिहास शिक्षणको वर्तमान अवस्था हेर्दा यसले भूतकालका विभिन्न घटना बारे जानकारीसम्म दिन्छ भन्ने थाहा हुन्छ । त्यसोभए के इतिहासको काम केवल भूतकालका घटनाहरूबारे जानकारी दिनु मात्र हो? सत्य-असत्य घटनाहरूको ठीकठीक जानकारी दिनु चाहिँ होइन ? यदि इतिहासको काम पुराना घटनाहरूको जानकारी मात्र उपलब्ध गराउने हो भने तिनको उपयोगिता के ? इतिहास शिक्षणको सम्पूर्ण परम्परामा यस प्रश्नको उत्तर प्राप्त हुँदैन र परिणामबाट प्रष्ट बुझ्नु पर्छ कि इतिहास अध्ययनको लक्ष नै प्रष्ट छैन।
इतिहास शिक्षणको उद्देश्य नै प्रष्ट नहुँदा राष्ट्रिय पाठ्यक्रममा समावेश गरिएका सामग्री र तिनको प्रामाणिकताका विषयमा प्रश्न उठ्नु स्वभाविक हुन्छ। यदि कुनै राष्ट्रको इतिहास नै प्रष्ट छैन भने त्यसमा समावेश गरिका पाठ्यक्रमहरू खण्डित हुन्छन् वा विकृत हुन्छन् नै।
कुनै पनि देश वा समाजले आफ्नो इतिहासको समग्र अध्ययन होस् भन्ने चाहन्छ। इतिहासमा पढाइ हुने विषयवस्तुले हाम्रो र हाम्रो सांस्कृतिक वा अन्य परिवेश आदिको सही–सही प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने अति महत्वपूर्ण हुन्छ। विश्वभरिको इतिहास आफ्नो परिवेशमा लेखिएको हुन्छ र सबैले आफ्नो मौलिकता जोगाएका हुन्छन्। असलमा, कक्षा दशभन्दा माथि इतिहास थोरै पढाइन्छ तर त्यस भन्दा तलका कक्षाहरूमा लगभग सबैले इतिहास पढ्नुपर्छ। यदि यतिधेरै विद्यार्थीले इतिहास पढिरहेका हुन्छन् भने त्यो सत्य हुनैपर्छ तर हामीले साना बालबालिकाहरूलाई अन्य केही घटनाहरू बताइरहेका छौं– सत्य होइन।
इतिहास कुनै क्षेत्र, घटना वा प्रविधिको किन नहोस् त्यसको व्याख्या सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पाठ्यक्रममा त्यसको चयनले ठूलो महत्त्व राख्छ ।भारतजस्तो देशमा एसियाटिक सोसाइटी अफ इण्डिया भन्दा पनि पहिलेको इतिहास आज पनि निरन्तर रहेको देख्न सकिन्छ। दुर्भाग्यवश इतिहास पूर्वको भारतवर्षीय इतिहासलाई खण्डित दृष्टिकोणले हेर्ने र बुझ्ने प्रयत्न गरिएको छ।
यदि इतिहास छ भने त्यो शौर्य, पराक्रम, वास्तविकता र मानवजातिको कल्याणका लागि हुन्छ तर कक्षा दश भन्दा तल्लो कक्षाहरूका बालबालिकाहरूलाई यस्तो इतिहासका विषयमा थोरै मात्र जानकारी प्रदान गरिएको छ। यदि स-साना कक्षाहरूमा इतिहासको ठीकठीक जानकारी दिने हो भने बालबालिकाहरू आफ्ना पूर्वजहरूको सही इतिहास र त्यसको प्रवृत्तिसँग परिचित हुने थिए ।
ज्ञानको विस्तारको लागि इतिहासको उपयोग हुन्छ र उद्देश्य प्राप्त गर्न ज्ञानको विस्तार गर्नुपर्छ । इतिहास लेखन र इतिहासको ज्ञान दुबै निरन्तर चल्ने प्रक्रिया हुन्। यस्तो चेतना किन आवश्यक छ ? यसले किशोरकिशोरीहरूको चेतनालाई उच्च बनाउन हो कि अझैं निम्नस्तरमा झार्ने हो ?
अंग्रेजहरूले इतिहास लेख्ने क्रममा गरेका अनुचित क्रियाहरू कत्ति पनि लुकाएका छैनन् । उनीहरूले भविष्यमा भारतवर्षको ज्ञान परम्परामा ठीकठीक विकास हुने तत्थ्य बुझेका थिए। उनीहरूले भारतवर्षीय ज्ञान अर्थात् संस्कृतभाषाको उपयोग नै धर्मपरिवर्तनका लागि गरे। यदि यसपछिको घटनाहरूमा चिन्तन गर्ने हो भने इतिहासको स्रोतका रूपमा इन्डिक भने। यो इन्डिक शब्द निकै हानिकारक छ किनभने यसले भरतवर्षीय इतिहासलाई फारसीहरूसँग जोडेर बुझ्ने अनि भारतवर्ष र फारस बीच अभिन्न सम्बन्ध रहेको काल्पनिक विश्वास स्थापित गर्छ। यस्तो इतिहासले भारतवर्षको वास्तविक इतिहास जान्न सकिदैन।
भारत र भारतीयहरूका लागि भारतीय ज्ञानको दृष्टिका आधारमा भारतको सुबोधपूर्ण इतिहास लेखिनुपर्छ । यस्तो सुबोध र आत्मबोधको इतिहासका आधारमा मात्र २१ औं शताब्दीका चुनौतिहरूसँग मुकावला गर्ने सक्ने सक्षम युवावर्ग तयार हुन सम्भव हुन्छ ।
यो इतिहास परम्परामा अनेकौं धर्मान्तरण तथा अत्याचार हुँदैहुँदै पनि ११ औं शताब्दीदेखि १७ औं शताब्दीका बीचमा ४५ हजारभन्दा बढी मौलिक पुस्तकहरू भारतवर्षका सबै भाषामा लेखिएको भनेर कहीं उल्लेख गर्दैन। १२ औं शताब्दीमा लेखिएको “लीला चरित्र” वास्तवमा एउटा इतिहास हो। त्यहाँ हामीले भन्न सक्नुपर्छ कि भारतवर्षमा जे-जति ग्रन्थहरू लेखिएका छन् ती सबैले भारतवर्षका भाषाहरूबाट स्रोत प्राप्त गरेका छन्, मौलिक तथा विश्वसनीय छन्।
हामीले समीक्षा गर्नुपर्छ कि बास्को डी गामाले जुन तीन बटा पत्रहरू लिएर भारतवर्षमा आएका थिए ती मध्ये एउटा पोर्चुगाली भाषा र दुई अन्य उर्दूमा ‘भारतवर्षका’ सम्राटका नाममा लेखिएका थिए। त्यस बखत भारतवर्षमा कुनै सम्राट थिएनन्। त्यस बखत गरिएको यात्राको सामान्य घटनाक्रमलाई जोडेर भारतवर्षको इतिहास खोज्ने प्रयत्न गरियो। त्यसपछि भारतवर्षको खोजी बास्को डी गामाले गरेका हुन् भन्ने आपत्तिपूर्ण इतिहास लेखन आरम्भ गरियो तर उनले बोकेका तीन बटा पत्रहरूको विषयवस्तुलाई पूर्णतया अनदेखा गरियो। यसरी भारतवर्षको वास्तविक इतिहासमा खलल पारियो र कोलम्बसले अमेरिका खोजेझैं बास्को डी गामालाई भारतवर्षको अन्वेषकका रूपमा बालबालिका सामु प्रस्तुत गरियो। जबसम्म यो काल्पनिक इतिहास परिवर्तन हुँदैन तबसम्म किशोरकिशोरीहरूको धारणामा परिवर्तन आउँदैन।
उपलब्ध स्रोतहरूबाट १० कथामा पढेको इतिहासलाई एउटा बालकले आजीवन सत्य ठान्छ र अन्य इतिहासलाई असत्य ठान्छ। यसबाट उसको मनमा आजीवन विरोधाभास उत्पन्न भई त्यसमा जीउन बाध्य हुन्छ। हो, ठूलो भएर इतिहास पढेपछि कुनै पनि बुद्धिमान व्यक्तिले आर्यआक्रमणको सिद्धान्तलाई मान्न सक्दैन। के यस्तो विरोधाभासयुक्त मानसिकता उत्पन्न हुनुभन्दा पहिले नै समाधान गर्नु पर्दैन ? यो कुरा इतिहासको पाठ्यक्रम निर्माण गर्दा नै उद्देश्य प्रष्ट पारिदिनु पर्दैन र ?
इतिहास लेख्दा जे-जस्ता न्यूनताहरू छन्, तिनको समाधान गरिनुपर्छ। देशका १०% जनसंख्या इतिहासको शिक्षाबाट टाढा छन्। विद्यालय पाठ्यपुस्तकहरूमा इतिहास सम्बन्धी शिक्षा प्राप्त छैन। खासगरी आदिवासी जनजातिहरू वास्तविक इतिहास जान्नबाट पूरै बञ्चित छन्। अनि यस देशका निवासीहरूलाई विभिन्न वहानामा घुमफिर गर्नबाट र आ-आफ्नो जीवन पद्धतिअनुसार जीवन यापन गर्न पनि प्रतिबन्धित गरियो। यस्तो गर्नु भारतवर्षको सांस्कृतिक तथा सामाजिक आत्मामा प्रहार गर्नु नै थियो किनभने त्यो भारतवर्षको जीवन पद्धति परिवर्तन गर्ने एउटा प्रक्रिया थियो।
हामी सबैले जानेका छौँ कि १८ औं शताब्दीसम्म भारत एउटा वैश्विक आर्थिक शक्ति थियो। यस्तो प्रतिबन्धका कारण परम्परागत शिल्प र व्यापारिक पद्धतिउपर धेरै नराम्रो प्रभाव पर्यो र भारतवर्षको मौलिक इतिहास हरायो।
कुनै एउटा देश जहाँको १०-१२ प्रतिशत जनसंख्या प्रभावशाली थियो, तीमध्ये हामीले एकदुईलाई मात्र बुझेका छौँ। यसको परिणाम यो हुन्छ कि विद्यालयका बालबालिकाहरूले त्यसबाहेकका अनेकौं जातजातिका विषयमा कत्ति पनि जान्दैनन्। उनीहरूले ती जनजाति वा आदिवासीका विषयमा त्यत्तिनै बुझ्ने गर्छन्, जति त्यस विषयमा अंग्रेजहरूले लेखिदिएका छन्।
यसरी इतिहासको पुनर्लेखन अत्यावश्यक भएको छ। यस्तो पुनर्लेखन गर्दै गर्दा आफ्नै देशका तथाकथित विद्वान्हरू र सुनियोजित इतिहास पढिरहेका विद्यार्थीहरूलाई आफ्नो देशको गौरव र परम्पराहरूको सत्यबाट सुसज्जित गर्नुमा रहन्छ। सही इतिहास बुझ्नुको अर्थ आफ्नो देशको वास्तविकता बुझ्नु हो। भारतलाई कसरी बुझ्ने ? यसको कुन स्वरूपलाई बुझ्ने? यहाँको युवा पुस्ताले आफ्नो इतिहासलाई कसरी बुझ्न जरुरी छ? यसप्रति कसरी आस्था व्यक्त गर्ने ? यी सबै कुरा इतिहासको ज्ञानसँग सरोकार राख्ने विषय हुन्। यदि इतिहासको शिल्प, कौशल र ज्ञानको विस्तारमा उपयोगी छैन भने हामीले विज्ञानको इतिहास बुझ्नुपर्छ जहाँ त्यसको समुचित उपयोग छ। विज्ञानको उद्देश्य प्रष्ट भएझैं इतिहासको पनि उद्देश्य प्रष्ट हुनुपर्छ र यसको प्राचीरबाट इतिहासलाई बुझिनु पर्छ |
इतिहासका प्राध्यापकहरूको काँधमा देशका किशोर-किशोरीहरूप्रति महत्वपूर्ण जिम्मेवारी छ, यदि तिनले यो अभिभारा पूरा गर्छन् भने शतप्रतिशत विद्यार्थीहरूले इतिहासको उद्देश्य थाहा पाउँछन् । यो लक्ष्य पूरा गर्न उद्देश्यपरक परिणाममा आधारित कार्यक्रम बनाएर कार्यान्वयन गरे मात्र प्राप्त सम्भव हुन्छ। समाज, राष्ट्र, र संस्कृतिको इतिहास यदि प्राविधिज्ञ, शिक्षाविद् तथा वैज्ञानिकहरूले निर्माण गर्छन् भने त्यस्तो इतिहास स्वीकार्य हुन्छ र स्थायी पनि। अत: मनुष्यहरूको निर्माण प्रक्रियामा जुन इतिहासको महत्वपूर्ण परिणाम प्राप्त हुनेछ, त्यो पढाउनु पर्ने छ। यो नै इतिहासको उद्देश्य हुनुपर्छ।
हाम्रो इतिहासको दृष्टिकोण ती किशोर-किशोरीहरूको मनमष्तिस्कलाई अगाडि राखेर निर्माण गरिनुपर्छ । जसले उनीहरूलाई भविष्यमा गौरवशाली भारतीय बन्ने सुनिश्चित गर्छ। इतिहासको पाठ्यक्रमले आफ्नो देशको अन्तरवस्तु बुझेको हुनुपर्छ। विगत ७० वर्षदेखि बिग्रिएको यो पाटो विगत ८ वर्षमा सुधार्ने प्रयत्न गरिंदै छ। यसको गतिलाई तीब्रता दिनुपर्ने हुन्छ। अहिलेजस्तो भारतवर्षप्रति सकारात्मक दृष्टिकोण निर्माण भएको छ, त्यस्तो कहिल्यै थिएन। यस सकारात्मक कालखण्डमा इतिहास पनि सकारात्मक र भारत केन्द्रित बन्न सक्छ। भारत र भारतीयहरूका लागि भारतीय ज्ञानको दृष्टिका आधारमा भारतको सुबोधपूर्ण इतिहास लेखिनुपर्छ । यस्तो सुबोध र आत्मबोधको इतिहासका आधारमा मात्र २१ औं शताब्दीका चुनौतिहरूसँग मुकावला गर्ने सक्ने सक्षम युवावर्ग तयार हुन सम्भव हुन्छ ।
(प्रोफेसर शुक्ल महात्मा गान्धी हिन्दी विश्वविद्यालय, बर्धा, भारतका कुलपति हुनुहुन्छ ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार