पुराणका पाँच लक्षण जाे आधुनिकतासँग मिल्छन्

गोविन्दशरण उपाध्याय, प्राध्यापक

आजको आधुनिकता शब्दले पश्चिमा संस्कृति र सभ्यताले बाइबलसँग विद्रोह गरे यताको समयावधि जनाउँछ। नेपालीहरूले भने आधुनिकताको प्रयोग पश्चिमी सभ्यताले नेपाली समाजमा प्रभाव पार्न थालेका मानकहरूका आधारमा प्रयोग गरिन्छ कि भन्ने लाग्छ। आधुनिकताको सवाल र अर्थ विद्वान्‌हरूले आ-आफ्नो समझअनुसार गर्छन् तर समग्रमा आधुनिकताको अर्थबोधमा विज्ञानप्रतिको अभिरुचि, शिक्षा-स्वास्थ्यको कल्याणकारी व्यवस्थापन गर्ने चेतना, नारी तथा बालबालिकाको अधिकार मानवतावादी चिन्तनको विकाससँग जोडेर हेर्ने गरिन्छ। यसबाहेक नेपाली समाजमा आधुनिकताको थप अर्थपछि छ- निर्धक्क रूपमा सुरा र यौनको प्रयोग, धनका लागि नातागोताको महत्व अवमूल्यन र अधिकारसँग जोडेर शरीरलाई पनि बजारमा फरकफरक किसिमले बेच्ने स्वतन्त्रताको प्रयोग र मौलिक इतिहास, संस्कृति तथा संस्कारहरूप्रति अरुचि अथवा घृणावादी दृष्टिकोण र पश्चिमा संस्कृति, सभ्यता तथा संस्कारहरूप्रति प्रशंसाको दृष्टिकोण राख्नुलाई पनि बुझ्ने गरिन्छ। यहाँ आधुनिकतावादी नेपालीहरूले नबुझेको तत्थ्य के हो भने पाश्चात्य सभ्यताले पनि ‘पुराण’का विभिन्न चरण पार गरेर नै यहाँ आएका हुन्। हो, उनको लेखनशैली, व्यवहार गर्ने शैली र बुझ्ने/बुझाउने शैली यहाँको भन्दा फरक थियो।

पुराणको अर्थ नै इतिहासका विषय र ज्ञानविज्ञानका विषयवस्तुहरूलाई सरल तथा रोचक ढंगले प्रस्तुत गरिने परम्परा हो। संस्कृत व्याकरणअनुसार पुराण शब्द ‘पूरा भव’ अर्थमा ट्यु प्रत्यय गर्दा बन्छ। यसको अर्थ पुराना घटनाहरू भन्ने हुन्छ। प्राचीन कालमा नयाँ भएको वस्तुलाई पुराण भनेर यास्कले भनेका छन्। जुन साहित्य पुरातन सृष्टि र लयसँग सम्बन्ध भएर पनि आधुनिक लोकजीवनसँग जोडिन सक्छ, त्यो नै पुराण हो। सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर तथा वंशानुचरित्र यी पुराणका पाँचवटा लक्षण हुन्छन् भनेर मनुस्मृतिले बताएको छ। पुराणहरूले भने आफ्ना दशवटा (भा.२/१०/१-२) हुन्छन् भन्ने उल्लेख गरेका छन्। यहाँ बुझ्नु पर्ने चुरो कुरा के हो भने ऋषिमुनिहरूले इतिहास तथा वैदिक ज्ञान, कर्म तथा भक्ति मार्गका विषयहरूलाई सरल तथा रोचक ढंगले प्रस्तुत गर्न अनेकौं कथाहरूको प्रयोग गरेका छन्। ती कथाहरू मध्ये कति ऐतिहासिक व्यक्ति, घटना, स्थान तथा समयसँग वास्तविक रूपमा सम्बन्धित छन् भने कतिपय कथा र घटनाहरू काल्पनिक पनि छन् जुन जनसाधारणले सरलरूपमा बुझुन् भन्ने उद्देश्यले अभिप्रेरित थिए।

आजको विज्ञानले पृथ्वीको अर्बिट र हामी बस्ने ठाउँको समय फरक हुने तथ्य प्रमाणित गरिसकेको छ। त्यसैले पुराणका विषय कल्पित हुन् भन्नेहरूले निष्पक्षरूपमा यी तत्थ्यहरूको अनुसन्धान गर्नुपर्छ। पाश्चात्य गणित कम्युटरहरूको आगमन भन्दा पहिले यी तत्थ्यहरूसँग परिचित थिएन। उनीहरू आज पनि त्रिलियन भन्दा माथिल्लो संख्यामामा पुगेका छैनन्। जबकि ब्रह्माण्डको आकार नै ३ त्रिलियन लाइट वर्षको छ भन्ने कल्पना गर्छन्।

सर्गको अर्थ हो – सृष्टिको विषयमा उठेका जिज्ञासाहरूको समाधान। आधुनिक विज्ञानले पनि सृष्टिको कुरा गर्छ तर प्रयोग भएका साधनहरू फरक छन्। वेदले सबैभन्दा पहिले ‘शब्द’को विस्फोटको कुरा गर्छ जुन आधुनिक महाविष्फोटको सिद्धान्तसँग मिल्छ। यसैगरी विष्णुको नाभिबाट ब्रह्माको उत्पतिको सिद्धान्त ठ्याक्कै आजको ‘अर्को कुनै प्लानेट’को सिद्धान्तबाट मिल्छ। वेद तथा पुराणहरूमा हजारौं यस्ता कथाहरू छन् जुनले पहिलो सर्ग आरम्भ हुँदा केवल ब्रह्माण्डहरूको उत्पति भयो र ती अनन्त थिए भन्ने तत्थ्य प्रष्टसँग उजागर गरेको छ। हजारौं वर्ष पहिलेका यी सिद्धान्तहरू ठ्याक्कै अहिलेको विज्ञानसँग तर्कसङ्गत हुनुपर्छ भन्ने चिन्तन केवल ‘मूर्ख’हरूले राख्न सक्छन्। त्यतिवेलाको प्रज्ञाले जे-जस्तो सृष्टिका विषयमा बुझ्यो, जान्यो त्यही लेख्यो। आजभन्दा पाँचहजार वर्षपछि अहिलेका सृष्टिविषयक खोजहरू ‘पुराण’कै श्रेणीमा राखिन सकिने छ भन्ने विपक्षमा कसैसँग तर्कसङ्गत प्रमाण हुनेछैन।

देस्रो विसर्गको अर्थ हो – प्राथमिक सृष्टिपछि सृष्टिको विस्तार। पुराणहरूमा सृष्टि विस्तारको प्रसंग अचम्म लाग्दो छ। असलमा, विसर्गचाहिं मनु र सतरूपाबाट आरम्भ भएको यौनजन्य क्रियाबाट आरम्भ भएको मानिन्छ। यो मानव, पशुपक्षी, रूखविरुवा, जलीय जीवआदिको सृष्टिकको वर्णन हो।

यो प्रसंगमा कतिपय सृष्टिका क्रियाहरू आधुनिक विज्ञानसम्मत देखिन्छन् भने कतिपय विज्ञानको नजरियाले पूर्णतया काल्पनिक नै देखिन्छन्। बुझ्नुपर्ने कुरा के हो भने काल्पनिकता नै भए पनि यसले अभिरुचि पूर्वक इतिहास खोज्न पाठकहरूलाई अभिप्रेरित गर्छ।

तेस्रो, वंशको अर्थ हो राजा र प्रजाहरूको क्रमगत विकासको पूर्ण अथवा आंशिक वर्णन गर्नु। पुराणहरूले मूलत: मनुबाट आरम्भ भएको मानव वंश, सूर्यबाट आरम्भ भएको सूर्य वंश र चन्द्रबाट आरम्भ भएको चन्दवंशको विस्तृत वर्णन गरिएको छ।

यहाँ एउटा तत्थ्य खोतल्न योग्य छ – पश्चिमाहरूले सिकन्दर तथा बाइबलआदिमा उल्लेख भएका राजाहरूलाई वास्तविक भन्छन् तर पुराणहरूले समय, ठाउँ, काम तथा व्यक्ति तोकेका इतिहासका पात्रहरूलाई काल्पनिक भन्दै अपहेलना गर्छन्।

सूर्यवंशी राजा राम, उनी जन्मेको, राज्य गरेको ठाउँ अयोध्या, चन्द्र वंशी कृष्ण तथा उनी जन्मेको हुर्केको मथुरा वृन्दावन तथा निवास गरेको द्वारका र युद्ध लड़ेको हस्तिनापुरको स्थलगत अस्तित्व हुँदाहुँदै पनि पात्रहरूलाई काल्पनिक भन्नु पाश्चात्य इतिहासकार र उनको कुरामा विश्वास गर्ने नेपाली तथा भारतीय इतिहासकार, मानवशास्त्रीहरूको दृष्टिकोण निकै त्रुटीपूर्ण र (पूर्वाग्रहपूर्ण) मान्नुपर्छ।

पुराणका उपरोक्त लक्षणहरू आजको समयमा पनि उत्तिकै महत्वपूर्ण छन् र ग्रहणयोग्य छन् भन्ने तत्थ्य हामीले स्वीकार गर्दा नेपालको गौरव नै बढ्छ। पुराणहरूका कतिपय सन्दर्भहरू वैश्विक छन् र मानवताका लागि कल्याणकारी छन् भने कतिपय सन्दर्भहरू गतार्थ भैसकेका छन्। त्यसैले पाठकहरूले पुराणहरूको पौराणिकतालाई उपयोगिता तथा कल्याणकारी अर्थमा समयोचित तवरले बुझ्नुपर्छ। सबैथोक ग्रहणयोग्य नहोलान् तर त्याग्नै पर्ने पनि छैनन्।

चौथो मन्वन्तरको प्रसंग समय-मापन अर्थात् गणितसँग सम्बन्धित तत्थ्य हो। उदाहरणका लागि वैदिक समय मापन प्रणालीमा आँखाको परेला झिम्कँदा लाग्ने समयलाई निमेष भनिन्छ। १५ निमेषको १ काष्ठा, ३० काष्ठाको १ कला, ३० कलाको एक मुहूर्त, ३० मुहूर्तको एक दिनरात, ३० दिनको एकमहिना, ३६३ दिनको एकवर्ष, ६३ लाख ५४ हजार वर्षको एक युग, २८ चतुर्युगीको एक कल्प र एवम् प्रकारेण१६ कल्पको ब्रह्माको १ दिन र अर्को चौधकल्पको ब्रह्माको रात हुने कुरा उल्लेख गरिएको छ। यसरी ब्रह्माको सयवर्षको आयुमा मान्छेका ४६३,८४२,०००,०००,०००/- मानववर्ष हुने शास्त्रमा उल्लेख गरिएको छ। राजा रेवतका प्रसंगमा समय-यात्राको प्रसंग उल्लेख गर्दै ब्रह्मलोकको एक घण्टामा पृथ्वीलोकमा लगभग २८ वटा चतुर्र्युग वित्ने उल्लेख छ।

आजको विज्ञानले पृथ्वीको अर्बिट र हामी बस्ने ठाउँको समय फरक हुने तथ्य प्रमाणित गरिसकेको छ। त्यसैले पुराणका विषय कल्पित हुन् भन्नेहरूले निष्पक्षरूपमा यी तत्थ्यहरूको अनुसन्धान गर्नुपर्छ। पाश्चात्य गणित कम्युटरहरूको आगमन भन्दा पहिले यी तत्थ्यहरूसँग परिचित थिएन। उनीहरू आज पनि त्रिलियन भन्दा माथिल्लो संख्यामामा पुगेका छैनन्। जबकि ब्रह्माण्डको आकार नै ३ त्रिलियन लाइट वर्षको छ भन्ने कल्पना गर्छन्।

पाँचौं, वंशानुचरित्रको प्रसंग प्रष्ट छ – वंशमा उत्पन्न भएका विशिष्ट व्यक्तिहरूले गरेका कामहरूको विस्तृतरूपमा वर्णन गर्नु। आजभोली ‘रोलमोडेल’को प्रसंगलाई बडो महत्वका साथ सामाजिक, सांस्कृतिक तथा देशभक्तिका प्रसंगमा उठाउने गरिन्छ। राजाको प्रसंगमा राजा पृथुले आफ्नो प्रशंसा नगर्न अनुरोध गरेका थिए। राजा रामचन्द्र एकपत्नी र मर्यादाका लागि आज पनि समाजमा पुजित छन्। कृष्णको प्रसंग लीला र आध्यात्मिक प्रसंगमा निकै पूजनीय छ भने सर्वसामान्य व्यक्ति विदूरआदिको प्रसंग पनि पुराणहरूले उल्लेख गरेका छन्।

पुराणका उपरोक्त लक्षणहरू आजको समयमा पनि उत्तिकै महत्वपूर्ण छन् र ग्रहणयोग्य छन् भन्ने तत्थ्य हामीले स्वीकार गर्दा नेपालको गौरव नै बढ्छ। पुराणहरूका कतिपय सन्दर्भहरू वैश्विक छन् र मानवताका लागि कल्याणकारी छन् भने कतिपय सन्दर्भहरू गतार्थ भैसकेका छन्। त्यसैले पाठकहरूले पुराणहरूको पौराणिकतालाई उपयोगिता तथा कल्याणकारी अर्थमा समयोचित तवरले बुझ्नुपर्छ। सबैथोक ग्रहणयोग्य नहोलान् तर त्याग्नै पर्ने पनि छैनन्। सबैभन्दा मुख्य कुरो, श्रद्धा तथा विश्वाससहित पूर्वाग्रहरहित अनुसन्धाताको रूपमा समीक्षा गर्नुपर्छ, जुन हाम्रा विश्वविद्यालयहरूले गर्न सकेका छैनन् र पूर्वाधार तयार गर्न समेत अनिच्छुक देखिएका छन्।

(लेखक उपाध्याय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शन तथा मनोविज्ञान विषयका प्राध्यापक हुनुहुन्छ।)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

गोविन्दशरण उपाध्याय, प्राध्यापक, त्रिचन्द्र बहुमुखी क्याम्पस का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap