चीनको सैन्य प्रभावलाई रोक्न जापानले रणनीतिक साझेदारहरु विस्तार गर्दैछ

प्रजातान्त्रिक गठबन्धनलाई विस्तार गर्ने प्रयास

इसाबेल रेनोल्डस् / बेन वेस्टकोट

 

चीनको बढ्दो सैन्य प्रभावलाई रोक्नका लागि जापानका प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकासँग आफ्नो देशको सुरक्षा सम्बन्धलाई थप सुदृढ गर्दै अष्ट्रेलियादेखि युरोपसम्म प्रजातान्त्रिक गठबन्धनलाई विस्तार गर्ने प्रयास थालेका छन् ।

गत हप्ता सात देशहरूको समूह (जी सेभेन) को आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री किशिदाले दोस्रो विश्वयुद्ध पछि जापानको सुरक्षा नीतिको लागि गहन छलफल गरे । यो जापानको सुरक्षा रणनीतिमा आएको सबैभन्दा ठुलो परिमार्जन हो । किशिदाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई युरोप र इन्डो प्यासिफिकको सुरक्षा अविभाज्य भएको बताए भने उनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आपसी सेनाको साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरे । यसैगरी आफ्नो रक्षा सम्बन्धलाई विस्तार गर्न इटालीका नेता जर्जिया मेलोनीसँग सहमत जुटाए ।

युक्रेनमा रुसको आक्रमण, उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र क्षमता र ताइवान वरिपरि बढ्दो तनाव यी सबैले जापानलाई थप चिन्चित बनाएको छ । गत वर्ष किशिदा नेटो शिखर सम्मेलनमा भाग लिने पहिलो जापानी प्रधानमन्त्री बनेका थिए । छिमेकमा बढ्दो चिनियाँ सैन्य अभ्यासले गर्दा जापान यसरी सुरक्षा रणनीति विस्तारको पहलमा केन्द्रीत भएको हो ।

वाशिंगटनसँग जापानको परम्परागत गठबन्धनलाई अझै बलियो बनाउन अमेरिकी राष्ट्रपति जो वाइडेनसँग प्रधानमन्त्री किशिदाको गत हप्ता ह्वाइट हाउसमा भएको छलफलले थप सबल रणनीतिलाई विस्तार गरेको बताइन्छ । तर, आफ्नो छिमेकमा रहेको सुरक्षा खतराहरूबारे जापानको गम्भिर असहजतालाई सामना गर्न अन्य प्रजातान्त्रिक साझेदारहरूसँग गठबन्धन निर्माण गर्न अमेरिकासँगको राणनीतिक साझेदारीले जापानलाई अफ्ट्यारो पारिरहेको छ ।

इन्डो प्यासिफिक डिफेन्स एन्ड स्ट्राटेजीका लागि सिंगापुरस्थित वरिष्ठ फेलो रहेका इयुन ग्राहमले भन्नुभयो – अमेरिकाको कम सहानुभूतिपूर्ण नीतिले जापानलाई अफ्ट्यारो पर्नसक्ने चिन्ता छ । उहाँले उदाहरण दिदैँ भन्नुभयो, डोनाल्ड ट्रम्प राष्ट्रपति हुदाँ जापान–अमेरिकी गठबन्धनको निष्पक्षतामा बारम्बार प्रश्न उठाए । उनीहरू पूर्ण रूपमा अमेरिकामा भर पर्न सक्दैनन्, ग्राहमले भन्नुभयो । त्यसैले जापान, क्यानडा र अन्य देशहरुसँग पनि रणनीतिक सम्बन्ध विस्तार गर्न चाहन्छ ।

युक्रेनमा रुसको आक्रमण, उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र क्षमता र ताइवान वरिपरि बढ्दो तनाव यी सबैले जापानलाई थप चिन्चित बनाएको छ । गत वर्ष किशिदा नेटो शिखर सम्मेलनमा भाग लिने पहिलो जापानी प्रधानमन्त्री बनेका थिए । छिमेकमा बढ्दो चिनियाँ सैन्य अभ्यासले गर्दा जापान यसरी सुरक्षा रणनीति विस्तारको पहलमा केन्द्रीत भएको हो ।

जर्मनी र नेदरल्याण्डले पनि जापान, अमेरिका र बेलायतसँगै हालैका वर्षहरूमा दक्षिण चीन सागरमा पानीजहाज पठाएका छन् । त्यो पठाउनुको अर्थ त्यहाँ चीनको दावीको विरोध गर्नु र नेभिगेसनको स्वतन्त्रताको महत्वलाई जोड दिनु हो ।

आफ्नो पाँच देशको भ्रमणको क्रममा किशिदाले जापानको रक्षा विस्तार र क्षेत्रीय सुरक्षा चिन्ताहरू व्याख्या गरे । यो भ्रमण संयुक्त राज्य अमेरिका र जापानको संयुक्त वक्तव्यको साथ समाप्त भयो । दुवै देशले आफ्नो राष्ट्रलाई सैन्य क्षमता बढाउन बाध्य बनाएकोमा दोष चीन र उत्तर कोरियालाई लगाए । ‘चीनसँगको सम्बन्धलाई व्यवस्थित गर्न जापान, अमेरिका र युरोपले एक भएर काम गर्नु एकदमै आवश्यक छ ।’ जापानी प्रधानमन्त्री किशिदाले शुक्रबार वाशिंटनको जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा दिएको भाषणमा भन्नुभयो ।

जापानका सहयोगी युरोपेली देशहरु चीनले विभिन्न क्षेत्रहरूमा, विशेष गरी दीर्घकालीन रूपमा निम्त्याउने बढ्दो सुरक्षा खतराप्रति सजग छन् । त्यसलाई सम्बोधन गर्न कदम चालिरहेका छन् । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गत हप्ता किशिदालाई भेट्दा जापानसँग सहकार्य बढाउन सक्ने क्षेत्रको रूपमा सुरक्षालाई महत्व दिए । त्यस अवसरमा जापान र फ्रान्सले संयुक्त सैन्य अभ्यासको नयाँ चरणमा जाने चर्चा पनि गरे ।
जर्मनी र नेदरल्याण्डले पनि जापान, अमेरिका र बेलायतसँगै हालैका वर्षहरूमा दक्षिण चीन सागरमा पानीजहाज पठाएका छन् । त्यो पठाउनुको अर्थ त्यहाँ चीनको दावीको विरोध गर्नु र नेभिगेसनको स्वतन्त्रताको महत्वलाई जोड दिनु हो ।

उत्तर एट्लान्टिक सैन्य संगठन (नेटो) जसमा अमेरिका, क्यानडा र युरोपेली सदस्यहरू समावेश छन् । यसले पहिलो पटक २०२२ को रणनीतिक अवधारणामा चीनको उल्लेख गरेको छ । जापान र अष्ट्रेलिया जस्ता एशिया प्रसान्त क्षेत्रका प्रमुख साझेदारहरूले पनि भाग लिएको गत जुनमा सम्पन्न नेटो राष्ट्रहरुको शिखर सम्मेलनले चीनले प्रणालीगत चुनौती खडा गरेको र बेइजिङ र मस्को बीचको रणनीतिक साझेदारी बढेकोमा चेतावनी दिएको थियो ।

अटुट बन्धन

साझेदारहरूको फराकिलो दायरासँग संलग्न हुन जापानको उत्सुकता बढेको छ । गत वर्ष अमेरिकाको सट्टा बेलायत र इटालीसँग अर्को पुस्ताको लडाकु जेटमा काम गर्ने निर्णयमा जापान पुग्यो । गत वर्ष सार्वजनिक भएको जापानको कार्य योजनामा क्यानाडासँग सूचना र सुरक्षा सम्झौतामा वार्ता गर्न तयार भएको उल्लेख थियो । जसमा संयुक्त सैन्य अभ्यास र रक्षा आदानप्रदानहरू समावेश थिए ।

जापानको सुरक्षा रणनीतिको नयाँ खुलापनलाई लिएर लन्डनले विशेष उत्साहका साथ हेरेको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भन्नुभयो – जापान एशियामा हाम्रो सबैभन्दा नजिकको सुरक्षा साझेदार हो र बेलायत युरोपमा जापानको सबैभन्दा नजिकको सुरक्षा साझेदार हो । हामी बीचको एक अटुट बन्धन छ ।
बेलायतले आफ्नो वैदेशिक सम्बन्धमा इन्डो प्यासिफिक झुकाव बढाएको छ र आफ्नो रणनीतिक विदेशी मामिलाका लक्ष्यहरू अद्यावधिक गर्ने प्रक्रियामा छ । जापान आफ्नो छिमेकी फिलिपिन्ससँग रक्षा सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा पनि वार्ता गरिरहेको छ ।

ताइवान प्रश्न

जापान यी कुनै पनि साझेदारहरुलाई ताइवान मामिलामा र पूर्वी चीन सागरका टापुहरुको विषयमा सहयोग गर्न आउन बाध्य पार्दैन । अमेरिकासँगको रणनीतिक साझेदारी जस्तो कुनै बाचा जापानले अन्य रक्षा साझेदारहरुसँग गरेको पनि छैन ।
ताइवान वा पूर्वी चीन सागरका टापुहरुको आकस्मिक मामिलामा बेलायत र फ्रान्स इन्डो प्यासेफिक क्षेत्रमा आइहाल्ने आशा छैन, निगाता प्रिफेक्चर विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक क्योको हाताकेयामाले भन्नुभयो । उहाँले थप्नुभयो – जापानले खोजिरहेको प्रभाव भनेको प्रतिरोधका लागि मात्रै हो ।

जापानको सुरक्षा रणनीतिले अष्ट्रेलियासँगको संलग्नता पछ्याइएको देखिन्छ । क्यानबेरासँग गत वर्ष जापानको रक्षा सम्झौता भएको थियो । जसमा दुई देशहरूले आफ्ना सेनाहरू बीचको अन्तरसञ्चालन क्षमता बढाउने वाचा गरेका थिए।

अमेरिकाले अष्ट्रेलिया र अन्य देशहरूलाई ताइवानको आकस्मिक परिस्थितिमा केही हदसम्म सहयोगको प्रस्ताव गर्न सक्छ, ग्राहमले भन्नुभयो । तर, जापानले अस्ट्रेलियालाई अर्ध सहयोगी भनेर पन्छाउनु भ्रामक हुनसक्ने चेतावनी पनि उहाँले दिनुभयो ।

अष्ट्रेलियन नेसनल युनिभर्सिटीको रणनीतिक र रक्षा अध्ययन केन्द्रका सहयोगी प्राध्यापक एमी किंगका अनुसार – अस्ट्रेलिया र यूके जस्ता साझेदारहरूसँग जापानको सुरक्षा साझेदारीले एसिया प्यासिफिक क्षेत्रमा अमेरिकी शक्ति कम हुन सहयोग पुग्छ ।

हालसम्म, अमेरिकाको एशियामा सबैभन्दा ठूलो सैन्य उपस्थिति रहेको छ । जसले जापान लगायत आफ्ना सहयोगीहरूलाई सुरक्षा प्रदान गर्दै आएको छ । यद्यपि, अमेरिकी कन्जरभेटिभहरूको ‘अमेरिका फस्र्ट’ अवधारणाको वृद्धिले टोकियोलाई चिन्तित बनाएको छ । त्यसैले जापान सुरक्षा साझेदारहरुको विविधकरण तर्फ लागेको छ । उ अमेरिकाको भरमा मात्र रहन चाहदैँन ।

जापान टाइम्समा प्रकाशित विश्लेषणात्मक रिपोर्टमा आधारित:

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
चीनको सैन्य प्रभावलाई रोक्न जापानले रणनीतिक साझेदारहरु विस्तार गर्दैछ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link