सामुन्द्रिक आँधी (फ्रेडी) बाट दुई सय १६ जनाको मृत्यु

दक्षिण-पूर्वी अफ्रिकी राष्ट्रहरु दक्षिण मलावी र मोजाम्बिकमा गएको भीषण सामुुन्द्रीक आँधीबाट हालसम्म मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ ।

सो आँधीबाट मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत शनिबार रातिबाट सुरु भएको सो आँधी अब विस्तारै मथ्थर हुने क्रममा रहेको जानकारी पनि मलावीका अधिकारीहरुले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुलाई बुधबार बिहान दिएका छन् ।

मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने मोजाम्बिकमा २४ जना घाइते भएका छन् ।
मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ ।

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने संकेत दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह पनि गरेको छ ।

आँधीबाट मालवीको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । मङ्गलबार अपराह्नसम्म यहाँमात्र एक सय ५८ जनाको मृत्यु भइसकेको थियो । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । देशभर करिब ६० हजार प्रभावित भएका छन् भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् । प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका कार्य प्रभावित भएकाले क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको अधिकारीहरुले बताएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link