विगत १४ महिनादेखि जारी युक्रेन युद्धको बीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । यस क्रममा चिनफिङले जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावनाबारे कुरा गरे। युद्धविरामका लागि दुई नेताबीच भएको वार्ताको अमेरिकाले स्वागत गरेको छ ।
जेलेन्स्कीले एक घण्टा लामो टेलिफोन वार्तालाई फलदायी भएको बताएका छन्। जेलेन्स्कीले रुसको सबैभन्दा शक्तिशाली सहयोगी नेतासँगको वार्तापछि अगाडि बढ्ने बाटो भएको संकेत गरेका छन् । उनले आफ्नो विश्वासयोग्य पूर्व क्याबिनेट मन्त्रीलाई चीनका लागि युक्रेनको राजदूतमा नियुक्त गरेका छन्।
जेलेन्स्कीले शान्ति स्थापनाका प्रयासमा राम्रो समन्वय कायम गर्ने विश्वास लिइएको बताएका छन् । वार्तामा जिनपिङले शान्ति वार्ताको आधार तयार गर्न विशेष दूतलाई कीभमा पठाउने कुरा गरेका थिए। युक्रेनमा वार्तापछि यी विशेष दूत रुस पनि जान बताइएको छ । गत फेब्रुअरीमा चीनले युद्धविरामका लागि १२ बुँदे शान्ति योजना प्रस्तुत गरेको थियो। यो बार्ता यसैको प्रयोजनका लागि भएको बताइएको छ।
यसपछि राष्ट्रपति चिनफिङले रुसको भ्रमण गर्ने भएका छन । यस क्रममा रुसी राष्ट्रपतिसँग उनको वार्तापछि मात्र युक्रेन युद्ध अन्त्यका लागि वार्ताको अवस्था सिर्जना भएको छ । चिनफिङले सकेसम्म चाँडो शान्ति वार्ता र युद्धविराम गर्ने आफ्नो प्रयास रहेको बताएका छन् । सुरक्षा परिषद्को जिम्मेवार सदस्यको हैसियतले आगोमा इन्धन थप्ने कुनै पनि काम नगरेर हामीले आफ्नो भूमिका निर्वाह गर्नेछौं,चिनफिङले भनेका छन् ।
जेलेन्स्कीले टेलिग्राममा आफ्नो पोस्टमा युक्रेन शान्तिमा चासो राखेको तर सम्झौतामा आफ्नो भूमि नछोड्ने बताएका छन्। युक्रेनले सन् १९९१ मा सोभियत संघको विघटनपछि प्राप्त गरेको भूमि फिर्ता पाउने शर्तमा मात्र युद्धविरामका लागि तयार छ । यस मार्फत युक्रेनले सन् २०१४ मा गुमाएको क्राइमिया फिर्ता लिन सर्त राख्दै आएको छ ।
उता ह्वाइट हाउसले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गरेको समाचारलाई स्वागत गरेको छ, तर संवादले “कुनै किसिमको अर्थपूर्ण शान्ति आन्दोलन वा योजना” निम्त्याउन सक्ने तर सावधानी व्यक्त गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!