प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अझै अनिश्चित, कहिले जुर्ला साइत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति अझै टुंगो लाग्न सकेको छैन। हालसालैको उपनिर्वाचनको अप्रत्याशित नतिजा र आन्तरिक कारणले पनि भ्रमणमा ढिलाइ भएको बताइएको छ। उहाँको भारत भ्रमण जेठअघि सम्भव नदेखिएको पिटिआईले उद्धृत गरेको छ। तेस्रोपटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको यो पहिलो विदेश यात्रा हुनेछ। यसअघि पनि आन्तरिक कारणले उहाँको भ्रमण ‘पोस्टपोन्ड’ भएको थियो।

सरकार जेठ मध्यतिर आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट पेस गर्ने तयारीका साथ काम गरिरहेको छ। सोही कारणले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बजेट पेसपछि नै हुन सक्ने बुझिएको छ। त्यसो त सरकार जेठ दोस्रो हप्ता प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारीमा जुटेको थियो। तर, हालै सम्पन्न उपनिर्वाचनको परिणामले पनि भ्रमणबारे सोच्न बाध्य भएको पिटिआईले उल्लेख गरेको छ।

चुनावअघि कांग्रेससहितका दलसँग भएको गठबन्धनबाट बाहिर निस्केर पूर्वप्रधानमन्त्री केपी ओलीको सहयोगमा गत पुस ११ गते तेस्रो प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिनुभएको थियो।

यसैबीच नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रचण्डको आगामी भारत भ्रमणलाई फलदायी बनाउन सरकारले ठूलो तयारी गरिरहेको बताउनु भएको प पिटिआईले उल्लेख गरेको छ। उहाँले नेपाल सरकार भ्रमणलाई फलदायी बनाउन चाहेको बताउनुभयो। यसैगरी उहाँले नेपाल सरकार भ्रमणलाई फलदायी बनाउन चाहेको सरकारी दैनिक गोरखापत्रलाई बताउनु भएको छ।

“हामी परिणाममुखी कार्यतालिकामा काम गरिरहेका छौं र प्राथमिकताहरू तय गर्न भव्य तयारी भइरहेको छ,” साउदले भन्नुभयो, ‘प्रधानमन्त्रीको भ्रमणबारे विभिन्न मन्त्रालयबीच प्रारम्भिक छलफल सकियो।’

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड गत जुलाईमा भारत जानुभएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link