वि. सं. २०६२ साल पुस २२ गते फ्रिडम फोरमद्वारा आयोजित समावेशी लोकतन्त्रको बहस श्रृङ्खलाको प्रथम बहसमा प्रस्तुत दमननाथ दुङ्गानाको अवधारणा पत्र: तत्कालिन समयको राष्ट्रिय राजनीतिलाई दिशाबोध गर्ने ढुङ्गानाको प्रस्तुत विचार आज उहाँको दुखद् निधनको क्षणमा उहाँप्रति सम्मानपूर्वक पुन: यहाँ प्रकाशन गरिएको छ: सम्पादक
समावेशी प्रजातन्त्र भन्नु प्रजातन्त्रभित्र प्रजातन्त्रको खोजी गर्नु हो । प्रजातन्त्रको समग्र स्वरूप बनिनसकेको अवस्थामा त्यस्तो संरचना निर्माण गर्नु र संरचना भएको ठाउँमा त्यसमा प्राण भर्नु समावेशी प्रजातन्त्र वा लोकतन्त्र हो ।
हामीले २०४७ सालको संविधानमार्फत प्रजातन्त्रको संरचना तयार गरिसकेका थियौं, प्राण भर्न मात्र बाँकी थियो । तर, त्यो गर्न सकिएन । खासगरी नेपालको हकमा प्रजातन्त्र भन्नु …