१. नेपाली भाषामा वीरेन्द्र केशरी अर्ज्याल ( विसं. १९६० तिर) ले व्याकरण लेखे । त्यसपछि जयपृथ्वी बहादुर सिंह ( विसं. १९६९ ) ले व्याकरण लेखे । यी दुई व्याकरण तत्कालीन लेखनमा जे जस्तो प्रचलन थियो त्यसैमा आधारित भई लेखिएका थिए । यिनलाई प्राकृत व्याकरण नाम दिइएको देखिन्छ।
२. त्यसपछि व्याकरणको धार नै परिवर्तन गरेर गोरखा व्याकरण बोध लेखियो । यो भानुभक्त, मोतीराम आदि पूर्ववर्ती लेखक तथा साहित्यकारहरुले प्रयोग गरेको हलन्त लेखनलाई बहिष्कार गर्ने राममणि आदी (विसं. १९६५) को अवधारणालाई आधार बनाएर लेखिएको थियो ।
३. यही दशकमा मध्यमार्गी धार भनी हलन्त बहिष्कारमा केही संशोधन सहित गोरखा भाषा चन्द्रिका व्याकरण (