Home » Archives for कमल खत्री / म्याग्दी
Author

कमल खत्री / म्याग्दी

सङ्घर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ, ४४ वर्षीया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी उहाँलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो । सुन्दा अचम्म लाग्न सक्छ, आचार्यका शरीरका केही अङ्ग कृत्रिम र अपूरा छन्, तर उहाँले पारिवारिक जिम्मेवारी र सामाजिक क्षेत्रमा गरेका योगदान प्रेरणादायी र प्रशंसनीय छन् । तीन वर्षको उमेरमा हात मर्किएर समयमै उचित उपचार नपाएर बायाँ हात गुमाएपछि आचार्य शारीरिक अपाङ्गता हुनुभएको थियो ।

क्यान्सर भएपछि गुमेको आचार्यको हातलाई सेती नदीमा बगाइएको थियो । विभिन्न समयमा शारीरिक रोग समस्याले शल्यक्रियामार्फत उपचार गराउनुभएकी आचार्यको कानको पछाडिपट्टि तीनवटा कृत्रिम हड्डी राखिएका छन् । हुर्कन …

0 comment
0 FacebookTwitterEmail

गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन् ।

बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताउनुभयो ।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved