हाल संसद्मा विचाराधीन रहेको आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनको संशोधन गर्ने विधेयकबारे सार्वजनिक छलफल कम भइरहेको छ । यसको सुधारका लागि केही सुझावहरू यहाँ प्रस्तुत गरेको छु ।
अधिकांश देशहरूमा वित्तीय उत्तरदायित्व र बजेट व्यवस्थापन ऐनको नाम दिइएको यो ऐनले वित्तीय व्यवस्थापनमा अन्तर-पुस्ताको समानता सुनिश्चित गर्न र बृहत् आर्थिक स्थिरता कायम गर्न तथा बजेट निर्माण कार्यमा सरकारको दायरा, बजेट प्रक्रिया र वित्तीय जिम्मेवारी प्रदान गर्न एक मानक कानुनका रूपमा दिशानिर्देश प्रदान गर्दछ।
नेपालमा यसलाई “आर्थिक कार्यविधि र वित्तीय दायित्व ऐन” भनिन्छ। नामले नै सरकारको प्रतिबद्धतालाई कमजोर देखाएको छ । यो ऐनको केन्द्र विन्दुमा रहेको बजेट निर्माणको महत्त्वपूर्ण कार्यलाई पनि …