प्राकृतिक स्रोत–साधन उपभोगको विषयलाई लिएर जनता, स्थानीय सरकार र निकुञ्ज प्रशासनबीच द्वन्द्व दिनदिनै बढिरहेको छ। यो द्वन्द्वको समाधान खोजिएन भने भविष्यमा वन्यजन्तु संरक्षणमा निकै ठूलो चुनौती देखिन्छ। विष खुवाएर चितवनमा मारिएका चार वटा गैंडाले त्यही चुनौतीतिर शङ्केत गरिरहेको छ।
मकवानपुरको मनहरी गाउँपालिकाका ८ र ९ नम्बर वडाले ज्यामिरे सिरानमा राप्ती नदीको कटान रोक्न केही वर्षदेखि बजेट विनियोजन गरिरहे पनि काम शुरू हुनसकेको छैन। आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि तटबन्धका लागि रु.१२ लाख विनियोजन भएको छ। २८ पुस २०७८ मा भएको सम्झौता अनुसार उपभोक्ता समितिले २८ चैतभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ।
तर, पर्सा राष्ट्रिय निकुञ्जले तारजाली भर्नका लागि आवश्यक ढुंगा–गिट्टी मध्यवर्ती …