सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेसँगै दलहरूमा चुनावी तरंग छाएको छ । दलहरू स्थानीय निकायमा आफ्नो पकड कायम राख्दै थप सिटको लागि जनताको घरदैलोमा पुग्ने कसरत थालिसकेका छन् । महिलाहरू पनि राजनीतिमा आफ्नो अर्थपूर्ण र उल्लेख्य सहभागिताको लागि संघर्षमा जुटेका छन् ।
२०७९ जेठ ५ पछि ३५ हजार २ सय २१ जना जनप्रतिनिधि छनौट भएर स्थानीय सरकारको बागडोर सम्हाल्लेछन्। जसमा ७ सय ५३ वटा पालिकामा १ हजार ५ सय ६ जना प्रमुख र उपप्रमुख, ६ हजार ७ सय ४३ वटा वडाका वडाध्यक्ष र हरेक वडामा चार जनाका दरले वडा सदस्य गरी २६ हजार ९ सय ७२ …