Home » Archives for तारा वाग्ले
Author

तारा वाग्ले

नेपाल सहित विश्वभरका श्रमिकहरूले १३५ औँ विश्व मजदुर दिवस मनाइरहँदा सरकारले श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने भन्दै श्रमाधान सेवाको सुरुवात गर्‍यो । श्रमिक दिवसको अवसरमा मर्यादित काम, श्रमको सम्मान, हाम्रो अभियान’ भन्ने नारा अघि सारेर कार्यक्रम गरिरहँदा सुरु भएको यस सेवाले श्रमिकको हकहितको लागि के के गर्ला त भन्ने भन्ने चासो पनि उत्तिकै बढेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी  श्रमाधान सेवाको सुरुवात गरेको यस कार्यक्रमले सात वटा सङ्कल्प अघि सारेको छ। श्रमको उचित मूल्य सहित मर्यादित कामको अवसर पाउनु हरेक श्रमिकको अधिकार पनि …

0 comment
0 FacebookTwitterEmail

सरकारले विदेशी लगानी आकर्षित गर्न वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी  सम्मेलन ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ मा लगानी सम्मेलनमा उद्योग विभागले  ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ । विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको विभागले जनाएको छ । सम्मेलनका क्रममा आशय पत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कुल एक सय ५४ परियोजना प्रस्तुत गरिएका थिए ।

सम्मेलनमा सहभागी भएका  १ हजार ४ सयभन्दा धेरै लगानीकर्तालाई सम्बोधन गर्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा निजी क्षेत्रका अगुवाले नेपालमा लगानी गर्न आह्वान गर्नुभयो …

0 comment
0 FacebookTwitterEmail

कतारका अमिर (राजा)  शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। कतारका अमिर  थानीको नेपाल भ्रमणका अवसरमा  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएका छन्।

कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान, युवा तथा खेलकुद तथा  कूटनीति, शिक्षा र तालिमसम्बन्धी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभएको छ। साथै गैसरकारी स्तरमा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता भएको छ।

नेपालको …

0 comment
0 FacebookTwitterEmail

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । सो कार्यविधिमा भएका माग पत्रको प्रमाणीकरण, अनिवार्य अङ्ग्रेजी भाषा र  पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी विवादास्पद प्रावधानहरू खारेज गरिएको हो ।

पूर्व श्रम मन्त्री शरद्सिंह भण्डारी र तत्कालीन श्रम सचिव केवलप्रसाद भण्डारीले गत २०८० असोज ७ मा मन्त्रीस्तरिय निर्णय गराउँदै  माग पत्रको प्रमाणीकरण, अनिवार्य अङ्ग्रेजी भाषा र  पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी  विवादास्पद निर्णयहरू गरेका थिए । वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कार्यविधिमा भएका विवादास्पद प्रावधान खारेज गर्ने निर्णय गर्नुभएको हो । 

पूर्व श्रम मन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै

0 comment
0 FacebookTwitterEmail

सरकारले वैदेशिक रोजगारीमा गएकाहरूको सुरक्षित भविष्यको लागि भन्दै कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले एक वर्षमा सफलताको सङ्केत देखाउन थालेको छ । २०७९ चैत ८ गते देखि सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अनिवार्य गरेपछि यो योजना अघि बढेको हो । सो अनुरूप बितेको एक वर्षमा ७ लाख ८२ हजार पाँच सय ४० जना श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन्। 

कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योजना ल्याएको कारण योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रमप्रति श्रमिकहरूको आकर्षण देखिन थालेको हो। कोषले गत वर्षको वैशाखदेखि वैदेशिक रोजगारीमा जाने कामदारले कोषमा अनिवार्य रकम सङ्कलन

0 comment
0 FacebookTwitterEmail

आज मार्च ८,  नेपाल तथा विश्वभर  ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । नेपालमा  वि. सं २०१६ देखि मनाउन थालिएको यस दिवसको अवसर पारेर महिलाहरूको आर्थिक र सामाजिक सशक्तीकरणका लागि विभिन्न अभियानहरू सञ्चालन गरिन्छ ।  यस वर्ष इष्न्भेष्ट इन वुमनः एसिलेरेट प्रोग्रेसु भन्ने संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नारा तथा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी  भन्ने राष्ट्रिय नारा सहित नेपालभर महिला दिवस मनाइँदै छ ।

लैङ्गिक समानता सहितको महिला सशक्तीकरणका लागि यस्ता अभियानहरू सञ्चालन गर्दै अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलाको विशेष दिन मानेर विश्वभर मनाउन थालेको एक शताब्दीभन्दा बढी  हुन लागिसकेको छ । तर नेपालका महिलाहरू अझै पनि विभिन्न प्रकारका …

0 comment
0 FacebookTwitterEmail

पाँच  वर्ष  देखि मन्त्रालयहरूमा चक्कर काटिरहेको  सङ्घीय निजामती सेवा विधेयकले अन्ततः संसद्मा पुग्ने बाटो तय गरेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । बहुचर्चित सङ्घीय निजामती सेवा विधेयक सरकारले अङ्ग पुराएर  ल्याएपछि संसद् सचिवालयले दर्ता गरेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । 

विधेयकमा देखिएका केही प्राविधिक त्रुटिहरू सच्याएपछि संसद् सचिवालयमा दर्ता गरिएको बताइएको छ । लामो समयसम्म प्रधानमन्त्री कार्यालयमा थन्किएको विधेयकको मस्यौदा आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएको थियो ।  राजनीतिक तहबाट पनि विवादित विषय टुङ्ग्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विधेयक सङ्घीय मामिला

0 comment
0 FacebookTwitterEmail

विश्व सामाजिक मञ्चले  अर्को विश्व सम्भव छ भन्दै १६औँ संस्करण आज औपचारिक रूपमा समापन गर्दै छ । ९० वटाभन्दा बढी देश सहभागी भएको सम्मेलनमा विभिन्न समसामयिक क्षेत्रका १३ वटा मुख्य विधा र त्यसमा आधारित ४०२ वटा उपविधामा छलफल गरिएको छ ।   ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराकासाथ यही फागुन ३ गते काठमाडौँमा सुरु भएको सम्मेलन सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रूपमा आयोजना हुँदै आएको छ ।

विश्वमा प्रचलनमा रहेका नवउदारवाद, पुँजीवाद र विश्वव्यापीकरणभन्दा फरक व्यवस्थाको काल्पनिकता विश्व सामाजिक मञ्चले स्थापनाकाल अर्थात् सन् २००१ देखि नै यो नारा

0 comment
0 FacebookTwitterEmail

वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकहरू सामाजिक सुरक्षा योजनामा आबद्ध हुन उत्सुक देखिए पनि केही श्रमिकहरूले भने यस योजनाप्रति असन्तुष्टि देखाएका छन् । श्रमिकहरूले यस योजनाप्रति असन्तुष्टि व्यक्त गर्दै सुरक्षा कोषमा जोडिन आनाकानी गरेका कारण कोषमा योगदानकर्ताको अपेक्षित सहभागिता नहुनेमा सरोकारवालाहरूको आशङ्का छ । हुन त वैदेशिक रोजगारीमा गएकाहरूमध्ये यही फागुन ३ गते सम्म ६ लाख ५१ हजार भन्दा बढी श्रमिकहरू यस योजनामा आबद्ध भैसकेका छन् । सरकारले २०८० वैशाख देखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्वरोजगार नेपाली नागरिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको थियो ।

यस योजना ल्याएको ११ महिना पुग्न लाग्दा जम्मा ६ लाख श्रमिक मात्र समेटिनुले

0 comment
0 FacebookTwitterEmail

नेपालमा अझै पनि २० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षणले नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको देखाएको हो । उक्त सङ्ख्या नेपालको कुल जनसङ्ख्याको करिब ५८ लाख हुन आउँछ । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९ /८०) सर्वेक्षणमा मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको रेग्मीले बताउनुभयो । २०६६/ ६७को

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved