यसै महिना कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद बेइजिङमा भेला हुँदै गर्दा युक्रेन युद्धको चर्चा भने भएको देखिँदैन। इतिहासमा आफ्नो विशेष स्थान भएको ठान्ने चीनको यस किसिमको मौनता रहस्मय छ। न्यू हेभन – युक्रेनमा युद्ध चलिरहँदा चीनमा वर्षवर्षमा आयोजना हुने ‘दुई सभा’ ले चीनलाई केहीको वास्ता नभएको देशका रुपमा चित्रण गरेका छन्। कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद बेइजिङमा यसै महिना भेला हुँदै गर्दा वैश्विक शक्ति सन्तुलनमा भइरहेको हलचलको चर्चा पटक्कै भएको देखिएन।
इतिहासमा आफ्नो विशेष स्थान भएको चीनको दृढविश्वास रहँदै आएको परिप्रेक्ष्यमा यस्तो बेवास्ता झन चासोको विषय भएको छ। फेब्रुअरी ४ मा बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटनका क्रममा हस्ताक्षर भएको …