Home » Archives for वासुदेव न्यौपाने/लमजुङ
Author

वासुदेव न्यौपाने/लमजुङ

औषधीय गुण भएको वनस्पति पाषाणभेद । ढुङ्गा फोरेर उम्रनसक्ने भएकाले पाषाणभेद भनिएको यो वनस्पतिलाई पाखनभेद, ठूलो ओखत, जन्ती फूल, सेलपारू, सिम्पाटी पनि भनिन्छ। पाषाणभेदको वैज्ञानिक नाम Bergenia ciliata हो भने अंग्रेजीमा यसलाई fringed elephant’s ears, winter begonia, hairy bergenia लगायतका नाम दिइएको छ । पाषाणभेदको जरा चट्टानका कापमा फैलिएर ढुंगा फोर्ने काम गर्दछ। आयुर्वेदमा पाखनभेदको प्रयोग खोकी, ज्वरो, पखालाको औषधी र सुत्केरी महिलालाई तन्दुरुस्तीमा ल्याउन गरिन्छ। तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

ढुङ्गा फोरेर उम्रनसक्ने पाषाणभेद ढुङ्गा फोरेर उम्रनसक्ने पाषाणभेद 
0 comment
0 FacebookTwitterEmail

नेपालमा कोइरालो भनेर चिनिने यो वनस्पतिको वैज्ञानिक नाम Bauhinia variegata  हो र अंग्रेजीमा यसलाई orchid tree (तर अर्किडसँग कुनै सम्बन्ध छैन)mountain ebony भनिन्छ। यसको कोपिला र फूलचाहिँ अचारका रूपमा खाइन्छ भने बिरुवा घाँसका रुपमा प्रयोग हुन्छ। संस्कृतमा काञ्चनार भनिने यो वनस्पतिलाई आसामीमा काञ्चन हिन्दीमा कचनाल वा कचनार बांग्लामा रक्तकाञ्चन भनिन्छ। प्रायः भारतीय भाषामा यसको नाम संस्कृतसँग जोडिएको छ भने नेपाली नामचाहिँ पाली भाषाको कोभिलारासँग जोडिएको देखिन्छ।  

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

 

नेपाली कोइरालो र पालीको कोभिलारानेपाली कोइरालो र पालीको कोभिलारा
0 comment
0 FacebookTwitterEmail

ठाउँ अनुसार सिप्लीगान वा सिप्लीघान भनिने यो वनस्पतिको वैज्ञानिक नाम cratave religiosa  हो र अंग्रेजीमा यसलाई sacred garlic pear, temple plant अनि spider plant पनि भनिन्छ। यसको मुनाको तरकारी वा अचार तितो तर स्वादिष्ट हुन्छ। सजिलै नपाइने भएकाले सहरका मानिसले  यसको स्वाद पाएका छैनन्।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

सिप्लीगानः सहरियाले नपाउने स्वादसिप्लीगानः सहरियाले नपाउने स्वाद
0 comment
0 FacebookTwitterEmail

काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ। अंग्रेजीमा बेबरी, बक्स मार्टेल र काफल  भनिने यसको वैज्ञानिक नामचाहिँ Myrica esculenta हो। फलबाहेक आयुर्वेदमा यसको बोक्राको प्रयोग औषधी बनाउन पनि गरिन्छ।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ।काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ।
0 comment
0 FacebookTwitterEmail

भुईँ वा जमिनमा फुल्ने सुनगाभा(अर्किड) मध्ये साह्रै मिठो वास्ना आउने आकर्षक फूल भएको वनस्पति हो बन अदुवा वा calanthe plantaginea। यो बसन्तमा फूल्छ। यौन शक्ति बढाउने भ्रममा परेर मानिशहरूले यसको धेरै नाश गरे। अहिले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रणसम्बन्धी महासन्धी साइटिसको सूचिमा राखेर संरक्षणको प्रयास गरिएको छ।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

यौन शक्ति बढाउने भ्रम र भुईँमा फुल्ने सुनगाभाःयौन शक्ति बढाउने भ्रम र भुईँमा फुल्ने सुनगाभाः
0 comment
0 FacebookTwitterEmail

चाँदीगाभाको सौन्दर्यः पुराना बुढा रूखमा आड लागेर ठुला चट्टानमा झुण्डिएर उम्रिने अर्किडमध्येको सुन्दर वनस्पति हो चाँदीगाभा Coelogyne Cristata। दुईवटा फ्रेमको यो चाँदीगाभा फूल्ने मौसम यही हो बसन्त र पाइने ठाउँ हो हाम्रा मध्यपहाडी क्षेत्रका वनजङ्गल।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

चाँदीगाभाको सौन्दर्यचाँदीगाभाको सौन्दर्य
0 comment
0 FacebookTwitterEmail

फागुन चैतको महिनामा नेपाली वनपाखामा फुल्ने सुन्दर वृक्षको नाम हो फलेदो वा फलेतो। fabaceae अन्तरतगतको यो वनस्पतिको वैज्ञानिक नामचाहिँ erythrina stricta हो । यसको काण्ड भने काँडादार हुन्छ। तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

यसरी फूल्यो फलेतोयसरी फूल्यो फलेतो
0 comment
0 FacebookTwitterEmail

चुत्रो परिवारको सदस्य जमानेमान्द्रो झुप्पामा फल्ने वनस्पति हो। आयुर्वेदिक औषधीय गुणका कारण यसको ठुलो महत्व छ। बोटानिकल नाम Mahonia napaulensis भएको जमानेमान्द्रो Berberidaceae वनस्पति परिवारमा पर्छ।

तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

जमानेमान्द्रोको झुप्पाजमानेमान्द्रोको झुप्पा
0 comment
0 FacebookTwitterEmail

चुत्रो परिवारको सदस्य जमानेमान्द्रो झुप्पामा फल्ने वनस्पति हो। आयुर्वेदिक औषधीय गुणका कारण यसको ठुलो महत्व छ। बोटानिकल नाम Mahonia napaulensis भएको जमानेमान्द्रो Berberidaceae वनस्पति परिवारमा पर्छ।

तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

जमानेमान्द्रोको झुप्पाजमानेमान्द्रोको झुप्पा
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved