विक्रम संवत् २०५२ को अन्त्यतिर जलस्रोत मन्त्री पशुपतिशमशेर राणाले मलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट अफिसर अन स्पेशल ड्युटी (ओएसडी) को पगरी भिराएर मन्त्रालयमा भित्र्याउने निर्णय गराए। साथै उनले मेरो साविक पदमा कीर्तिचन्द ठाकुरलाई ल्याउने निर्णय समेत गराए। यी दुवै निर्णय कार्यान्वयन गर्ने व्यक्ति हुन्- जलस्रोत मन्त्रालयका सचिव डा. द्वारिकानाथ ढुङ्गेल।
भारतमा अफिसर अन स्पेशल ड्युटीमा रहने व्यक्तिलाई विशेष मान्यता दिइए पनि नेपालमा त्यस्ता व्यक्तिलाई जगेडाको रूपमा भण्डारण गरिएको सम्झिइन्छ। अत: मलाई अफिसर अन स्पेशल ड्युटी पदमा थन्क्याउने कोठा मन्त्रालयमा नहुँदा हिउँदका वेला ४।५ महिना चिया बनाउने जस्तो कोठामा चिसिएर पनि बसियो। त्यस समयमा मन्त्रालय, देश र सारा सांसदहरू …