बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्।
0-0-0
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने निर्वाचनका साथै औषधीजन्य जडिबुडी संकलनको चटारो छ। उनीहरू मतदान सकिएसँगै औषधीजन्य जडिबुटी संकलनका लागि खर्क पुगेका छन्।
स्थानीय तह निर्वाचनका लागि आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान गरी सकेपछि खर्क पुगेर यार्सागुम्बा संकलन गर्न व्यस्त भएका छन्। मतदान सकिएपछि उनीहरू वैशाख ३१ गते खर्कतर्फ लागेका हुन्। मनाङवासीको आयस्रोत जङ्गली औषधीजन्य …