अध्यक्ष लामाले भन्नुभयो, “नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित
नवीन लामिछाने/मनाङ
हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्। जिल्लामा आलुलाई प्रमुख खेतीका रूपमा मानिने भएकाले व्यावसायिक आलु उत्पादनबाट यहाँका महिला आत्मनिर्भर बन्दै गएका स्थानीय तिरकाशी घलेले बताउनुभयो। “जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “एघार जना महिलाको समूह बनाएर १० रोपनी जग्गामा खेती गरिरहेका छौँ।” सामूहिक खेतीले आलु आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको उहाँको भनाइ छ।
“यहाँ आलुखेती प्रशस्त हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ। उत्पादन हुन थालेपछि आलुको बजारमा माग पनि बढिरहेको छ। उत्पादित आलु यहीँ खपत भइरहेको छ”, स्थानीय घलेले भन्नुभयो। जिल्लाका …
बाह्य पर्यटकको रोजाईमा हिमाली जिल्ला मनाङ पर्ने गरेको छ। बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिका सहित आउने पर्यटक मनाङ पुग्ने गर्दछन्। सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव सँगाल्ने लक्ष्यका साथ यहाँ आउने गर्दछन्।
करिब दुई वर्ष भने कोभिड १९ को महामारीका कारणले पर्यटक आगमन ठप्प भयो। गत आर्थिक वर्षमा भने कोभिड १९ को सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटक बढेका हुन। कोभिड न्यूनीकरण भएपछि आर्थिक वर्ष २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा भित्रिने कूल दुई लाख …
मनाङमा आर्थिक वर्ष २०७८/०७९ मा २३.३५ प्रतिशत बजेट खर्च हुन नसकेर फ्रिज भएको छ। मनाङमा संघ तथा प्रदेश र स्थानीय तहको लागि विनियोजित कुल रु. दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये रु. ५५ करोड ३३ लाख खर्च हुन नसकेको हो।
जिल्लाका लागि विनियोजित बजेटमध्ये रु. एक अर्ब ९२ करोड २२ लाख ४२ हजार मात्र बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मनाङका कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार ७७.६५ प्रतिशत रकम मात्रै यस आर्थिक वर्षमा खर्च भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा मनाङमा संघीय सरकारबाट विनियोजित कुल बजेट रु. ७३ …
यदि तपाईँलाई एडभेन्चर वा साहसी खेल रमाइलो लाग्छ भनेचाहिँ यो मौसममा मनाङ आइ हाल्नुहोस् तपाईँँले दक्षिणी अमेरिकी देश बोलिभियाको संसार प्रसिद्ध डेथ रोड वा मृत्यु सडकलाई मात दिने मजा पाउनु हुनेछ। बाटोको बीच बीचमा भेटिने दुर्घटनाग्रस्त गाडीहरूले तपाईँँको “एडभेन्चर” लाई दोब्बर गरिदिने छ।
तर मुटु कमजोर भएका मानिसले अब मनाङ जाने आँट नगरे हुन्छ। मर्मत तथा सम्भार नगरेकाले मनाङ जाने एकमात्र बेसीशहर–चामे सडक यति डरलाग्दो छ की हरेक घुम्ती तपाईँँको आङ सिरिङ्ग हुन्छ, डरले म किन आएछु जस्तो पनि हुन्छ।
भौगोलिक रूपमा विकट हिमाली जिल्ला मनाङको मेरूदण्डको सडकखण्ड बेसीशहर–चामे मर्मत तथा सम्भार गर्न समस्या भएपछि जोखिम बढ्दै गएको छ। …
विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो।
यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ हजार ५१२, गुची च्याउबाट रु. १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु.३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु. दुई लाख ९५ हजार ४९९ राजश्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ …
अमेरिकाका ब्रोटन कोबर्नले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई कसरी चलाउने भनेर नेपालका प्रख्यात संरक्षणकर्मी डा. चन्द्रप्रसाद गुरुङ र डा. मिङ्मा नोर्बु शेर्पासँग मिलेर अपरेशन प्लान बनाउनु भयो। आज तिनै ब्रोटन कोबर्नलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा मन दुखिरहेको थियो। चामेमा आईएनएससँग कुरा गर्दै प्रख्यात संरक्षणकर्मी तथा लेखक ब्रोटन कोबर्नले भन्नुभयो, ‘एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र) का केही कुराले त खुशी दिन्छ नै । तर धेरै कुराले भने निराश बनाएको छ। फोहोर जताततै बढेको छ। बाटोमा फोहोर फाल्ने भाडो राखिएको त छ तर त्यसबाट फोहोर झिकेर कसैले तह लगाउँदैन। ‘
ब्रोटन कोबर्न झण्डै तीस वर्ष अगाडि डा. चन्द्र र डा. मिङ्मासँग अन्नपूर्ण संरक्षण क्षेत्र …
मनसुन नेपालमा भित्रिसकेको छ। मनसुनको सुरुआत भएसँगै वर्षा भएपछि प्राकृतिक विपत्ति पनि बढ्दै गएको छ। गत वर्ष जेठ र असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण हिमाली जिल्ला मनाङका विभिन्न क्षेत्रमा क्षति पुगेको थियो।
गत वर्षको ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढी प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिएको छैन। बाढीबाट क्षति पुगेका बाढी प्रभावितको आवास तथा बाढीले क्षति पुगेको संरचनाको निर्माण एवं पुनर्निर्माण गर्न सकिएको छैन। विशेषगरी गत वर्ष बाढीले नासोँ गाउँपालिकाका विभिन्न गाउँमा बढी क्षति पुर्याएको थियो।
गत वर्षको बाढीका कारण घरबारविहीन भएका मनाङ नासोँ गाउँपालिकाको सिरानताल र ताल गाउँका प्रभावित पुराना घरलाई सरसफाइ गरेर बस्न …
देशैभरमा सबैभन्दा कम विद्यार्थी भएको मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति भएको छ। बाढीपहिरोको असर यस वर्ष अझ बढी असर प्रत्यक्ष रुपमा देखिएको छ। बाढीपहिरोको असरले प्रत्यक्ष रुपमा विद्यालय र विद्यार्थीमा परेको छ। बाढीपहिरोको जोखिमको त्रासले अभिभावकले बालबालिका अन्यत्र सार्न थालेपछि समस्या सिर्जना भएको छ।
बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर विद्यालय परिवर्तनको समस्या रहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो। साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ।
“बाढीपहिरोको जोखिम अझै पनि छ। कतिपय निजी आवास निर्माण हुन सकेका छैनन्। अभिभावकले बाढीपहिरो आए आफू भागौंला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकोमा राखेर पढाउने …
यार्सागुम्बा संकलनका लागि मनाङ आएको हो। लेकमा बसेको साढे एक महिना भयो। यार्सा ठेकेदारले लिने र चार जनाको लागि साढे चार लाख खर्च गरेको छ’, तामाङले भन्नुभयो- ‘पिसको चार सयमा ठेकेदारले लिन्छ । पुर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु। गतवर्ष भने घाटा भएको थियो।’
मनाङ-औषधीजन्य जडिबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलकहरू फर्किएका छन्।
हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो। ‘मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा बेसी झरेको हो। यार्सागुम्बा संकलन गर्न नसकेर बेंसीतर्फ फर्र्किएको हो। …