मतदान सकेर यार्सागुम्बा टिप्न खर्कतर्फ फर्किए मनाङवासी

बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्।

0-0-0

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् तर मनाङवासीलाई भने निर्वाचनका साथै औषधीजन्य जडिबुडी संकलनको चटारो छ। उनीहरू मतदान सकिएसँगै औषधीजन्य जडिबुटी संकलनका लागि खर्क पुगेका छन्।

स्थानीय तह निर्वाचनका लागि आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान गरी सकेपछि खर्क पुगेर यार्सागुम्बा संकलन गर्न व्यस्त भएका छन्। मतदान सकिएपछि उनीहरू वैशाख ३१ गते खर्कतर्फ लागेका हुन्। मनाङवासीको आयस्रोत जङ्गली औषधीजन्य जडिबुटी हो। जडिबुटी संकलनका लागि नारफु, नाम्के खर्क र खाङ्सार खर्कलगायतका ठाउँमा अहिले पुगिसकेका छन्।

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले २०७९ वैशाख २५ देखि ३० गतेसम्म यार्सागुम्बा संकलन कार्य बन्द गराएको थियो। यार्सागुम्बा संकलन कार्य बन्द गरिएपछि जिल्लावासी घरमा फर्किएका थिए। निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि उनीहरू मतदान सकिएको भोलिपल्टबाट खर्कतर्फ उक्लिएको स्थानीय बताउँछन्।

चामे गाउँपालिका–४ जगबहादुर गुरूङ भन्नुहुन्छ, ‘स्थानीय तह निर्वाचनका लागि यार्सा टिप्न बन्द गरेको थियो। मतदान गरियो अब यार्सागुम्बा टिप्न खर्कतर्फ लागेका हौं।’ यार्सागुम्बा टिप्न बन्द नगरिएको भए अहिले नै खर्कबाट फर्कने थिएनौं तर मनाङको विकासको लागि जनप्रतिनिधि चुन्न पनि थियो, त्यसैले मतदानमा सहभागी भएर खर्कतर्फ फर्किएको उहाँले बताउनुभयो।

त्यस्तै गोर्खा घर भई यार्सागुम्बा संकलन गर्न मनाङ पुग्नुभएका सोनाम गुरुङले सिजनलाई समात्न सक्नुपर्ने भएकाले मतदानमा सहभागी भएर खर्कतर्फ लागेको बताउनुभयो। समयमा नै यार्सागुम्बा संकलन गर्न सकिएन भनेपछि हराउने भन्दै उहाँले सिजनमा खर्कतर्फ छिटो फर्किन लागेको बताउनुभयो।

यस मौसमलाई औषधीजन्य जडिबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रूपमा लिइन्छ। औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पुर्जी दिने निर्णय भएको थियो।


नाम्केखर्कबाट शुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसारको पहिलो हप्तासम्म औषधीजन्य जडिबुटी संकलन गर्न सकिने समय हो। मनाङवासी वैशाख १५ गतेदेखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी बेंशीतर्फ फर्किनेछन्।


बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्।

निर्वाचनमा सहभागी भएर मनाङवासीहरू औषधीजन्य जडिबुटी सङ्कलन गर्ने समय भएकाले मनाङवासीहरू खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो। जिल्लामा निर्वाचन सकिएकाले यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो। यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान दिइएको आचार्यले बताउनुभयो।

नाम्केखर्कबाट शुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसारको पहिलो हप्तासम्म औषधीजन्य जडिबुटी संकलन गर्न सकिने समय हो। मनाङवासी वैशाख १५ गतेदेखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी बेंशीतर्फ फर्किनेछन्।

मनाङवासीले यहाँको नागरिकता वा बसाइसराइ भएमा त्यसको प्रतिलिपि समितिमा राखेर यार्सा सङ्कलन पूर्जी लिन सक्ने छन्। संस्थामार्फत यार्सा सङ्कलन गरिदै छ भने आर्थिक वर्ष २०७७/०७८ मा दिइएको सङ्कलन पूर्जीका आधारमा पुन: संकलन पूर्जी उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो। यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फु लगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उहाँले बताउनुभयो।

यार्सा गुम्बा संकलन गरेको परिचय पत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताउनुभयो। उहाँका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बामा एक वटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरू र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाएको परिचय दिने खोपकार्ड (मोबाइलमा भए पनि) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ। यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो। यसवर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
मतदान सकेर यार्सागुम्बा टिप्न खर्कतर्फ फर्किए मनाङवासी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link