अमेरिकाले नेतृत्व गरेको विश्वअर्थतन्त्रबाट भरपूर लाभ उठाएर नै चीनको यो परिवर्तनशील विकास सम्भव भएको हो। यदि चीन आफ्नो आर्थिक बृदिदरलाई कायमै राख्न चाहन्छ भने उसले रसियासँग होइन पश्चिमी विश्वसँगको आफ्नो सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ।
–जोन युआन जियाङ
युक्रेन संकटमा फसेका आफ्ना नागरिकहरूको उद्दारको काम त्यहाँको चिनियाँ दूतावासले अन्य देशहरूको तुलनामा निकै ढिलो गर्यो। उद्दारको काम पनि हतार–हतारमा गर्यो। यसको संकेत बेइजिङले रुसले युक्रेनमाथि कारवाहीको गर्छ भन्ने पूर्वजानकारी पाएकै थिएन वा चीनले त्यस गम्भीरताका साथ लिएको थिएन भन्ने थियो ।
केही दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनका विषयमा चीनले आफ्नो अडानलाई योग्यताका आधारमा निर्णय गर्ने र …