Home » Archives for July 2024
Monthly Archives

२०८१ श्रावण १६, बुधबार १५:४९

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन् ।

उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना …

0 comment
0 FacebookTwitterEmail

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे ।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाए भने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।…

0 comment
0 FacebookTwitterEmail

काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिका– २६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए ।

उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ

0 comment
0 FacebookTwitterEmail

भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । सयौँ मानिसहरू पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले बताएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको  प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको प्रेस ट्रस्ट अफ इन्डियालाई बताइन् ।

खोज तथा उद्धार कार्यका लागि २०० भन्दा बढी सैनिकहरू तैनाथ गरिएको उनले बताइन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् ।

0 comment
0 FacebookTwitterEmail

पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन्। त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो।

कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ।

फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भनिन्, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ। यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि?”

स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको …

0 comment
0 FacebookTwitterEmail

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१-७, २१-५ ले सहजै पराजित भए ।

गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चे ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोस्रो सेटमा ४ अंक जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अंक बटुलेका थिए । …

0 comment
0 FacebookTwitterEmail

होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ। खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गह्नाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ।

बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही …

0 comment
0 FacebookTwitterEmail

नेपाली र चिनियाँ तस्करहरूले नेपाली युवाहरूलाई आफ्नो पासोमा पारेर दक्षिण पूर्वी एसियाली देशहरूमा बन्धक बनाई अनलाइन र आर्थिक ठगीमा संलग्न गराइरहेका छन् ।

तस्करहरूले सबैभन्दा पहिला नेपाली युवाहरूलाई आइटी सम्बन्धी आकर्षक रोजगारीको प्रलोभन देखाउँछन् । त्यसपछि दक्षिण पूर्वी एसियाली देशहरूमा पुराएर  उनीहरूलाई यातना दिँदै साइबर ठगी, आर्थिक घोटाला र साइबर यौन गतिविधिहरूमा स‌ंलग्न गराउन बाध्य पारिने गरेको खुल्न आएको छ ।  उक्त कार्य गर्न अस्वीकार गरेको खण्डमा तिनीहरूलाई चिनियाँ गिरोहहरूले दास र बन्धक बनाउने गरेका छन् ।

हाल कम्बोडिया, म्यानमार र लाओसमा सयौँ नेपाली युवाहरू चिनियाँ कम्पनीमा दासको रूपमा विभिन्न अनलाइन अपराधको काममा सक्रिय रहेको समाचार बाहिर आएको छ । …

0 comment
0 FacebookTwitterEmail

काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ ।

यसअघि काठमाडौँ उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । बनेपामा गत असार १६ गते स्थापित कार्यालयले हालसम्म दुई हजार चार सयभन्दा बढीलाई सेवा प्रदान गरेको छ । स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको कार्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी पवन बजगाईँले बताए । उनका अनुसार हाल बनेपास्थित कार्यालयबाट ‘ब्लुबुक’ नवीकरण, रुट परमिट जारी र रुट परमिट नवीकरण, रुट परमिट पटके, पञ्जीकरण तथा सवारीसाधन …

0 comment
0 FacebookTwitterEmail

श्रीलं‌कामा आयोजित एसीसी महिला–२० प्रतियोगिताको उपाधि आयोजक श्रीलंकाले जितेको छ।

आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो। शानदार जितका लागि श्रीलंकाकी कप्तान चमारी अथपथ्थु र हर्सिता शमराविक्रमाले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।

पहिले ब्याटिङ गर्दै भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाका लागि शमराविक्रमाले ५१ बलमा नटआउट रहँदै ६ चौका र २ छक्काको सहयोगमा ६९ रन बनाइन्।

यस्तै कप्तान चमारीले ४३ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको उत्कृष्ट पारी खेलिन्। कभिसा दिलहारीले १६ बलमा १ चौका र छक्का प्रहार गर्दै …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved