Home » Archives for July 2024 » Page 3
Monthly Archives

२०८१ श्रावण १०, बिहीबार १५:२५

उमेरले ५५ वर्षीय सुकइ कुर्मी निकै चिन्तित छन्। उनको चिन्ताको कारण हो, छिमेकी देश भारतको सरयु नहर राष्ट्रिय परियोजना। २०८० चैत ११ गते रुपन्देहीको सम्मरीमाइ गाउँपालिका वडा नं. ३ थुम्हवा चोक स्थित एक पसलमा चियाको चुस्की लिँदै गरेका उनले भने, “सरयुले सिमान्चल डुबाउने भयो।”
आफ्नो भूमिमा सिँचाइ सुविधा पुर्‍याउन तथा बाढी र खडेरीबाट जोगाउन भारतले सीमा नजिकैबाट सरयु नामक ठुलो क्षमताको नहर निर्माण गरेको छ। उनले भने– “नहर संरचनाले नेपाल तर्फबाट बगिरहने पानीका प्राकृतिक निकासहरू बाधितभइ सिमान्चलमा समस्या थपेको छ।”

पानीका प्राकृतिक निकासहरू थुनिँदै गर्दा सीमा क्षेत्रमा बाढी र डुबानको सन्त्रास छ, सुकइसँगै रहेका भारत करमैनीका शिव कुमार पाँडेले भने, …

0 comment
0 FacebookTwitterEmail

चिनियाँ ठगी गिरोह र नेपाली दलालहरूको फन्दामा परि कैयौँ नेपाली महिला तथा युवतीहरू चीनका विभिन्न ठाउँमा बेचबिखन हुने गरेको पाइएको छ ।

नेपाली मानव तस्करी गिरोहद्वारा चिनियाँ पुरुषसँग विवाहको प्रलोभनमा पारेर यस्तो बेचबिखन हुने गरेको हो । विवाहपछि चिनियाँ पुरुषबाट मानसिक, शारीरिक र यौन शोषणको सिकार समेत भएको ती युवतीहरूको पीडादायी विवरण बाहिरिएको छ ।

यसले नेपाली महिला र युवतीहरूको पीडाका साथै उनीहरूलाई चीनमा कसरी यौन शोषण गर्न बाध्य पारिएको छ भन्ने कुरालाई  उजागर गरेको छ।

सम्झना: निम्न मध्यम वर्गीय परिवारबाट आएकी सम्झनाले उच्च शिक्षा सकेपछि ठमेलको एउटा क्याफेमा काम गर्न थालिन् । काम गर्दागर्दै एक चिनजानको मन्छेले उनलाई चिनियाँ …

0 comment
0 FacebookTwitterEmail

तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि संकलन गरिएको नमूना परीक्षणबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेका पाइएको हो ।

खाद्य ऐन २०२३ बमोजिम दूषित र न्यूनस्तर खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यवसायलाई पाँच वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।   यही साउन १९ गतेदेखि लागू …

0 comment
0 FacebookTwitterEmail

नेपालको सरकारी ऋण  २४ खर्ब ३३ अर्ब २३ करोड पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा सरकारको कुल ऋणको तथ्याङ्क बाहिर आएको हो ।

गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उल्लेखनीय वृद्धि भएको  ऋणले आन्तरिक र बाह्य दुवैतर्फ सरकारको बढ्दो निर्भरतालाई देखाएको छ।

ऋणको वर्गीकरण

कुल ऋणमध्ये वैदेशिक ऋण रु १२ खर्ब ५२ अर्ब ३३ करोड रहेको छ भने  आन्तरिक ऋण  ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ । यसले बाह्य र आन्तरिक स्रोतहरूबाट लिइएको ऋणमा लगभग बराबर जस्तै भएको छ । बाह्य ऋणको योगदान ५१ …

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको

0 comment
0 FacebookTwitterEmail

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छन् । संसदीय समितिमा सांसदहरुको  दबाबपछि उनले राजीनामा दिएकी हुन् ।

चिटलले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्न आफ्नो एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन् ।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्‍यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको सामना गर्नुपरिरहेको थियो ।

हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारसँग भने, ‘यो धेरै ढिलो भएको छ, उहाँले यो काम कम्तीमा एक साता अघि गर्नुपर्ने थियो, उहाँले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिनुभएकामा मलाई …

0 comment
0 FacebookTwitterEmail

एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो ।  नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । अन्य ब्याटरहरु कसैले पनि दोहोरो रन बनाउन सकेनन् ।

भारतका दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट …

0 comment
0 FacebookTwitterEmail

बङ्गलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी फर्किएका छन्।

परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् हालसम्म १३ सय विद्यार्थी स्वदेश फर्किएको जनाएको हो । मन्त्रालयले सबै नेपाली विद्यार्थी सुरक्षित रहेको र उनीहरुको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको जनाएको हो।

बंगलादेशमा करिब ३ हजार नेपाली विद्यार्थी विभिन्न तहमा चिकित्सा, इन्जिनियरिङलगायतका विधा अध्ययन गरिरहेका छन् । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका विभिन्न मुलकका विद्यार्थी स्वदेश फर्किएका थिए ।

0 comment
0 FacebookTwitterEmail

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, …

0 comment
0 FacebookTwitterEmail

एसीसी महिला एसिया कपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ। त्यसअघि आजै दिउँसो सवा दुई बजे पाकिस्तान र यूएई भिड्ने छन् ।

नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले भारतविरुद्ध पहिले ब्याटिङ गरे चुनौतीपूर्ण लक्ष्य दिने र बलिङ गरे १ सय ४० सम्म रोक्ने लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको उनको भनाइ छ ।

समूह एमा रहेको नेपाल दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भारत चार अंकका साथ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved