Home » Archives for October 2024 » Page 8
Monthly Archives

२०८१ आश्विन २८, सोमबार १८:३२

दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ आप्रवासन कानून अपनाउन खोजिरहेको एक प्रवक्ताले बताएका छन् ।

“नयाँ कानूनको आवश्यकता पर्नेछ”, सरकारी प्रवक्ता मौद ब्रेगेओनले आइतबार बिएफएमटिभी प्रसारणलाई भन्नुभयो ।

आप्रवासन नीति र सीमा नियन्त्रण कडा पर्ने सरकारको योजना संसद्मा कुनै पनि पक्षको पूर्ण बहुमत नभएको अवस्था सिर्जना गरेको यस गृष्मको विधायकी निर्वाचनहरूपछि फ्रान्सेली राजनीतिमा आएको दक्षिणपन्थी परिवर्तनको प्रतीक हो ।

मिसेल बार्नियरको सरकारले सन् २०२५ को सुरुमै संसद्मा विधेयक पेश गर्ने आशा गरेको छ ।
सेप्टेम्बरमा पेरिसका एक विद्यार्थीको बलात्कार र हत्याको घटनाले फ्रान्सेली आप्रवासन बहसलाई अझ बढी उत्तेजित बनाएको छ । उक्त घटनामा …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ रानीपुरका किसान सोमबार धान थ्रेसिङ गर्दै । अहिले यहाँ किसानलाई धान भित्र्याउने चटारो छ ।

0 comment
0 FacebookTwitterEmail

जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा गाउँका स्थानीय खानेपानीका लागि धारोमा पालो कुर्दैै । यो गाउँमा स्थानीय पिउने पानीको समस्याले पीडित छन् ।

0 comment
0 FacebookTwitterEmail

देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ । सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकले सुरक्षित महसुस गर्नेछन् ।

गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो । “लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको सडकको चौडाइ मुस्किलले साढे चार मिटर हुँदा यातायात आवगमनमा निकै कठिनाइ रहेको थियो”, इन्जिनियर पाण्डेले भन्नुभयो, “हाल सडक डिभिजन शिवपुरबाट सडक स्तरोन्नति भई …

0 comment
0 FacebookTwitterEmail

बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रका रहेको प्रसिद्ध शाइक्वारी तीर्थस्थलभित्र रहेको शंख दह ताल । समुद्र सतहदेखि चार हजार चारसय २९ मिटर अग्लो ठाउँमा उक्त ताल रहेको छ ।

0 comment
0 FacebookTwitterEmail

दाङको घोराही उपमहानगरपालिका– १३ स्थित तुरुन्तपुरमा डुम्बरगाउँकि इन्द्रा बुढाले तिहारलाई लक्षित गरेर भाडाको जग्गामा गरिएको व्यावसायिक फूलखेतीमा फलेको सयपत्रीको फूल ।

तस्बिरः कुलदीप न्यौपाने÷रासस

0 comment
0 FacebookTwitterEmail

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गर्नुभएको छ ।

“इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।”

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।

इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत परिसरमा फुलेको मखमली फुल र पृष्ठभूमिमा देखिएको धौलागिरि र गुर्जा हिमालको दृष्य । समुद्री सतहदेखि दुई हजार पाँचसय मिटर उचाइमा रहेको ताकमकोत पर्यटकीयका साथै धार्मिक र ऐतिहासिक स्थल पनि हो ।
तस्बिरः सन्तोष गौतम÷रासस

0 comment
0 FacebookTwitterEmail

मेलम्ची नगरपालिका–७ दुवाचौर तिनकुनेमा नवनिर्मित प्रतीक्षालयमा आरामसँगै कुराकानी गर्दै यहाँका स्थानीय । प्रतीक्षालय बनेपछि यातायातका साधान कुर्ने तथा स्थानीयलाई आराम गर्न सहज भएको छ। तस्बिरः देवराज सुवेदी÷रासस

img
0 comment
0 FacebookTwitterEmail

सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हँुदै गएको हो ।

ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ ।

सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved