Home » Archives for December 2024 » Page 5
Monthly Archives

२०८१ पुष ७, आईतवार १५:१०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

यसका लागि पाथीभरा क्षेत्र विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग समन्वय गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिनुभयो ।

पाथीभरा मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक हो । धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने पाथीभरालाई

0 comment
0 FacebookTwitterEmail

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको लमजुङ हिमालको काखमा अवस्थित लमजुङ क्होलासोँथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ ।

तस्बिरः जनक श्रेष्ठ /रासस

0 comment
0 FacebookTwitterEmail

कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा जनकपुर बोल्ट्सका विजेता खेलाडीहरू ट्रफीको साथमा रमाउँदै ।

तस्बिर : प्रदीपराज वन्त/रासस

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक भगवती कोत मन्दिर र पृष्ठभूमिमा देखिएको निलगिरि र अन्नपूर्ण हिमाल ।

तस्बिरः कमल खत्री/रासस

0 comment
0 FacebookTwitterEmail

जुम्लाको तिला गाउँपालिका–४, तिला नदीको किनारमा अवस्थित धार्मिकस्थल त्रिवेणी धाम

तस्बिरः विजय रावत/रासस

0 comment
0 FacebookTwitterEmail

जुम्लाको तिला गाउँपालिका–४ मा अवस्थित सापुल्ली गाउँ ।

तस्बिरः विजय रावत/रासस

0 comment
0 FacebookTwitterEmail

रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ ।

तस्बिरः सर्जना कार्की/रासस

0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान एक दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार चार सय १५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार तीन सय १६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिनुभयो ।

अघिल्लो आव २०८०/८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा चार लाख १३ हजार नौ सय …

0 comment
0 FacebookTwitterEmail

नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।

प्रमुख आचार्यले भन्नुभयो, “पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । …

0 comment
0 FacebookTwitterEmail

फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा जोडेको छ । वर्षौंको ढिलाइ र प्राविधिक असफलताका बावजुद सञ्चालनमा आएको यो विद्युत उत्पादन गृहलाई ऐतिहासिक क्षणको रूपमा प्रशंसा गरिएको छ ।

नोर्मान्डीस्थित ‘फ्लाम्यानभिल थ्री युरोपियन प्रेसराइज्ड रिएक्टर’ले स्थानीय समय अनुसार शनिबार बिहान ११ः४८ बजे फ्रान्सेली घरहरूमा बिजुली उपलब्ध गराउन सुरु गरेको इडिएफ पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत लुक रेमोन्टले बताउनुभएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले एक्समा जारी गरेको वक्तव्यमा भन्नुभएको छ, “यो परियोजनाको सञ्चालन देशका लागि ऐतिहासिक क्षण’ हो । यो विश्वको सबैभन्दा शक्तिशाली आणविक रिएक्टरमध्ये एक हो ।”

“कम कार्बन ऊर्जा उत्पादन गर्न पुनः औद्योगीकरण वातावरणका लागि …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved