Home » ताजा खबर » Page 3
Category:

ताजा खबर

सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ। डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्रतिद्वन्द्वीहरूसँग १.४ अर्ब मानिसहरूको बढ्दो मनोरञ्जन बजारमा राम्रो प्रतिस्पर्धा गर्ने दुबै फर्महरूको आशामा अहिले विकास भएको परिस्थितिले धक्का दिएको छ।

जापानी कम्पनी सोनीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “दुई कम्पनीबीच भएको आंशिक समायोजन सम्झौता खारेज गरिएको छ। सम्झौताको अन्तिम शर्तहरूमा दुई कम्पनीबीच सहमति हुन नसक्दा सम्झौताबाट बाहिरिनुपरेको हो।”

सन् २०२१ मा जीका प्रमुख कार्यकारी पुनीत गोयन्काले नयाँ सङ्गठनको मूल्य १० अर्ब अमेरिकी डलरको हाराहारीमा हुने र वार्षिक आम्दानी दुई अर्ब डलर पुग्ने बताउनुभएको …

0 comment
0 FacebookTwitterEmail

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा मङ्गल वादीले मादल बेचेर घर खर्चको जोहो गर्दै आउनुभएको छ। विगत पाँच वर्षदेखि उहाँले यहाँ मादल व्यवसाय सञ्चालन गर्दै आउनुभएको हो।

चाडपर्व तथा घरायसी खर्च मादल बेचेर व्यवस्थापन गर्दै आएको वादीले बताउनुभयो। राप्ती राजमार्गको छेउमा व्यवसाय सञ्चालन गरेको भन्दै बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो।

“आवश्यक परेको बेला जिल्ला बाहिरका व्यक्तिसमेत मादल किन्न आउने गर्छन्। दसैँतिहारको बीचमा मादल बनाउन भ्याइनभ्याइ हुन्छ”, वादीले भन्नुभयो, “व्यवसाय सुरु गरेको पाँच वर्ष भयो। मादल बिक्री गरेरै वर्षमा रू दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ। बजारको समस्या छैन पसलमै मादल किन्न मान्छेहरु आउँछन्।” उहाँका अनुसार अहिले पसलबाट दमाहा, …

0 comment
0 FacebookTwitterEmail

बाँकेको कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ। नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले आज छानबिन समितिको प्रतिवेदन सावर्जनिक गर्दै छ विद्यालयले फर्जी खेलाडी समावेश गरेको निष्कर्ष निकालेको हो।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल खेलमा, ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेलमा, एभरेष्ट सैनिक माध्यामिक विद्यालय प्रेमनगरले छात्रतर्फको भलिबलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिको निष्कर्ष छ। ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा बढी उमेरका खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई …

0 comment
0 FacebookTwitterEmail

दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि झापाको शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ। जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो।

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिनुभयो। उहाँले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताउनुभयो।

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहर सम्मानित तथा पुरस्कृत भएका छन् । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन् । सोही समारोहमा ‘नारायणदेवी कला लेखन पुरस्कार’ कला लेखक तथा निबन्धकार ज्ञानेन्द्र विवशलाई प्रदान गरिएको थियो ।

विवश स्वतन्त्र समाचार अनलाइनका स्तम्भ लेखकसमेत हुनुहुन्थ्यो । त्यसै गरी मूर्तिकलामा लक्ष्मण भुजेल, चित्रकलामा सुजनवीर बज्राचार्य, ग्राफिक्स डिजाइनमा प्रकाश थापा ‘प्रथा’ लगायत मोफसलका कलाकारहरू महेन्द्र राई, गणेश लामा ‘आँसु’, श्रवणकुमार चौधरी

0 comment
0 FacebookTwitterEmail

रुपन्देही सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि आजदेखि यही फागुन ७ गतेसम्म दैनिक छ घण्टा सडक बन्द गर्न लागिएको हो।

यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झन्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

यसबिचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकदुई तथा स्लोप क्षेत्रको काम

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने 
0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा प्रसिद्ध अनुसन्धान र विकास (आर एन्ड डी) सेफ तथा युवा व्यवसायी विनोद बराल चयन हुनु भएको छ। फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामुखी, गैर राजनीतिक र गैरसरकारी हो र यसको उद्देश्य व्यावसायिकता तथा उद्यमशीलता विकासका लागि नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानका साझा मञ्च प्रदान गर्ने हो।

फिने बेलायतको अध्यक्षमा विनोद बरालको चयन हुनु भएकोमा  खुसी व्यक्त गर्दै फिने बेलायतका संस्थापक अध्यक्ष मनीषा डङ्गोल श्रेष्ठले भन्नुभयो, “संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने युकेलाई अझ अगाडि बढाउनका लागि विनोद बराल अत्यन्त सक्षम …

0 comment
0 FacebookTwitterEmail

ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुनुहुन्छ । साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट नारायण प्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउनु हुनेछ । यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई

0 comment
0 FacebookTwitterEmail

समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्य तिथि विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।    
    
सोमबारदेखि सुरु भएको वार्षिक पुण्य तिथिमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेसका महामन्त्री गगनकुमार थापा, काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीलगायत नेताहरू उपस्थिति भई स्व.सापकोटाको योगदानको चर्चा गर्नु भएको थियो ।    
    
वार्षिक पुण्य तिथिमा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाट धामका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलगायत विभिन्न वेद विद्याश्रमका संस्कृत शास्त्रीको उपस्थिति रहेको थियो ।    

0 comment
0 FacebookTwitterEmail

मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारण (लाइभ)  सबैभन्दा धेरै दर्शक हेरेकोमा मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ। चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गर्नुभएको हो।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिनुभयो।

“गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो। व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved