‘हात्तीले मर्छकाई लैग्यो लालझारीका केला…’ सुदूरपश्चिममा पछिल्लो पुस्ताले अझै स्मरण गर्ने देउडा गीत हो यो।
भारतीय संरक्षित क्षेत्रबाट नेपालको उत्तर चुरे फेदको ब्रह्मदेव हुँदै महाकाली नदि तर्ने हात्तीका लस्कर र तिनले गर्ने गतिविधिलाई छ यो गीतमा। कलाकार नवीन धामी भन्नुहुन्छ, ‘हात्तीले निरन्तर गर्ने ओहरदोहर र उसले आफ्नो बाटोमा गर्ने गतिविधिलाई गीतमार्फत उजागर गर्न खोजिएको हो। यो गीत नयाँ पुस्ताका निम्ति इतिहास हो हात्तीको मार्गबारे।’
अब त न हात्तीको त्यो लस्कर बाँकी छ न हात्ती हिड्ने कोरिडोर। उसको कोरिडोरभरि मान्छे नै मान्छे भए, त्यसैले त हात्ती बेलाबेलामा वितण्डा मच्चाउँछन् आफ्नो बाटो खोसिएकामा।
नेपालको सीमान्त पश्चिमी जिल्ला कञ्चनपुरको महाकालीपारिका दोधाराचाँदनीदेखि पूर्व दक्षिण …