Home » वातावरण/जलवायु » Page 2
Category:

वातावरण/जलवायु

विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो।

तत्कालीन समयमा बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस स्थापना गरिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्दैछ।

नेपालमा प्राय: चार वर्षमा बाघ गणना गरिन्छ। सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको सङ्ख्या ३५५ रहेको छ। सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, …

0 comment
0 FacebookTwitterEmail

कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र छ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन्।

त्यसैगरी, नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने सात वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ। १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन्। पाँच आयोजनाको म्याद थप गरिएको छ भने छ आयोजनालाई जरिवाना गरिएको छ।

इआइए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन्। …

0 comment
0 FacebookTwitterEmail

पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन् ।
स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै
0 comment
0 FacebookTwitterEmail

“सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देखेको छैन। वनमा जन्मियौँ, हुर्कियौँ। सरकारले वनको छेउमा बसायो। हेर्दा सबै छ, तर आफ्नो भन्न मिल्ने एक मुठी माटोसम्म छैन।” दुःख मिश्रित यो भनाइ हो वनकरिया समुदायकी विष्णुमाया वनकरियाको हो। सरकारले जीवनशैली त फेरिदियो, तर वन संरक्षण गर्नेलाई अहिलेसम्म चिन्न नसकेको उनको गुनासो छ।

विष्णुमायाका अनुसार वन संरक्षणको सफलता वनको क्षेत्रफल बढ्नुमा मात्र सीमित हुनुहुँदैन। यससँग जोडिएका समुदायको अधिकार, सम्मान, जीविकोपार्जन र न्याय सुनिश्चित भएपछि मात्र दिगो वन व्यवस्थापन सम्भव हुने उनको भनाइ छ।

वनमा आश्रित समुदायका लागि सुरक्षित आवास, जग्गाको अधिकार र सम्मानजनक जीविकोपार्जनको व्यवस्था तत्काल गर्नुपर्ने उनको भनाइ …

0 comment
0 FacebookTwitterEmail

पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ। खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ।

0 comment
0 FacebookTwitterEmail

विशेष समाचार ब्युरो

पृथ्वीको उत्तरी गोलार्ध यस वर्ष इतिहासकै सबैभन्दा घातक र लामो ‘हिट वेभ’ (लु वा अत्यधिक तातो हावा) को चपेटामा परेको छ। युरोपदेखि दक्षिण एसिया, पूर्वी एसिया, अफ्रिका र अमेरिकी क्षेत्रसम्म फैलिएको यो अत्यधिक गर्मी केवल एक मौसमी उतारचढाव मात्र नभई एउटा भयानक वातावरणीय सङ्कटका रूपमा देखा परेको छ।

विश्व मौसम विज्ञान सङ्गठन र युरोपेली जलवायु निकाय ‘कोपरनिकस’ का पछिल्ला तथ्याङ्कहरूले सन् २०२६ को यो ग्रीष्म ऋतुलाई इतिहासकै सबैभन्दा तातो र विनाशकारी समयका रूपमा अङ्कित गरेका छन्।

कहाँ कति तापक्रम

जलवायु वैज्ञानिकहरूका अनुसार यो वर्ष पृथ्वीको औसत सतहको वायुको तापक्रम विगतको तुलनामा निकै माथि पुगेको छ, जसका कारण

0 comment
0 FacebookTwitterEmail

गोरखा जिल्लाको ४ वटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेको छ। सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरुआत गरेको हो।

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन्।

कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका …

0 comment
0 FacebookTwitterEmail

यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी भएको छ।

लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म ३०५ जना सर्पले डसेर उपचारका लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो।

दैनिक ३ देखि ७ जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। “अन्य समयमा पनि सर्पले डसेका बिरामी आउँछन्”, अध्यक्ष पौडेलले भने, “तर, फागुनबाट भदौ, असोजसम्म धेरै सर्पको डसाइका बिरामी उपचारका लागि आउँछन्।”

मुसाको दुलो झाडीलगायतका ठाउँमा बस्न रुचाउने विषालु सर्प …

0 comment
0 FacebookTwitterEmail

युरोपमा जुन महिनाको अन्तिम साता रेकर्ड तोड्ने गरी चलेको अत्यधिक गर्मीको लहरका कारण फ्रान्समा २ हजारभन्दा बढी अतिरिक्त मानिसको मृत्यु भएको छ। मौसमविद्हरूले आगामी केही दिनमा युरोपेली महाद्वीपमा तापक्रम अझै बढ्न सक्ने चेतावनी दिइरहेका बेला फ्रान्स सरकारले यो तथ्याङ्क सार्वजनिक गरेको हो।

जुन महिनाको अन्तिम साता फ्रान्समा मृत्युदर अघिल्लो साताको तुलनामा २९ प्रतिशतले बढेको छ। फ्रान्सेली स्वास्थ्य मन्त्री स्टेफानी रिस्टका अनुसार ४५ वर्षभन्दा माथिका नागरिकहरूमा मृत्युदर “स्पष्ट रूपमा बढेको” पाइएको छ।

फ्रान्समा गत जुन २४ तारिखमा देशव्यापी रूपमा इतिहासकै सबैभन्दा बढी औसत तापक्रम रेकर्ड गरिएको थियो। त्यस दिन पेरिसको तापक्रम करिब ४१ डिग्री सेल्सियस पुगेको थियो भने देशको आधा भूभागमा

0 comment
0 FacebookTwitterEmail

यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपद्जन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपद्जन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन्।

ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद् बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन्।

यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङका २०५ घटनामा १९ जनाको मृत्यु र …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved