ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन्। उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।
स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो,“यी पोखरी बाबुबाजेको पालामा निर्माण भएका थिए तर संरक्षण हुननसक्दा पहिलोको स्वरुपमा छैनन्। कोही सुख्खा छन् भने केहीमा हिलोमात्रै छ। तरबारसमेत गर्न सकिएको छैन।”
स्थानीय जगत डुङ्गोल पनि यहाँका पोखरी संरक्षणका लागि स्थानीय तहले उचित योजना बनाउनुपर्ने बताउनुहुन्छ। बसपार्क छेउमा रहेको ‘खा’ पोखरी मिचेर फराकिलो बनाउने मनसायसहित छलफल चलिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उहाँको भनाइ छ। “बसपार्क फराकिलो बनाउने वा नबनाउने भन्ने विषयमा छलफल …
