Home » वातावरण/जलवायु » Page 16
Category:

वातावरण/जलवायु

जेठो बुढोलगायतका रैथाने धानको प्रजाति हराउँदै गएका छन्। पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले, झिनुवाजस्ता प्रजाति लोप हुँदै गएका छन्। औषधीय गुण भएका रैथाने प्रजातिका धान हराउँदै जाने र बढी उत्पादन हुने नाममा वर्णशङ्कर जातका धान रोप्नेक्रमसँगै नयाँपुस्ताका लागि रैथाने जात एकादेशको कथा जस्तै हुने चिन्ता छ।

पोखरा र आसपासमा करिब तीन दशकयता रैथाने जात हराउँदै गइरहेको वास्तविकतामा पोखरा महानगरपालिकाले यिनको संरक्षणसँगै स्थानीयवासीमा पनि सचेतना बढाउने गरी तयारी थालेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। महानगरपालिकाले स्थानीय जातको संरक्षण एवं प्रवर्ध्दन गर्ने उद्देश्यका साथ यस वर्ष नौ हजार किलो पोखरोली जेठो बुढो, पहेँले, …

0 comment
0 FacebookTwitterEmail

बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन।  राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ। नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ।

दुई स्काभेटर, नौ टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिइ रु एक लाख पाँच हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो। अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन र चोरी निकासी भएको सूचनाका आधारमा प्रहरी परिचालन हुने गरेको उहाँको भनाइ छ।

राप्ती सोनारीका वडा नं २, ४, ५, ६ र ९ मा …

0 comment
0 FacebookTwitterEmail

जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ। गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो। विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन्। जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उहाँले बताउनुभयो।

घाइतेको उपचारका लागि निकुञ्जले रु २१ …

0 comment
0 FacebookTwitterEmail

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ।

सञ्चारिका समूह नेपालले जेठ ३ गते आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उहाँले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो, “विपद्पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषणलगायतमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने बेला आएको छ। जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्याङ्क विश्लेषण, जोखिमको सूचना …

0 comment
0 FacebookTwitterEmail
मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ ।

चापाकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहले बढी सङ्कट देखिएका स्थानमा ट्याङ्करबाट पानी बाँडिरहेका छन् । मोटर जडान गरिएर खानेपानीका लागि पर्याप्त पानी उपलब्ध हुने दक्षिणी भेगमा देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयहरूले चिन्ता जाहेर गरेका हुन् ।

यता मधेस प्रदेशको राजधानी जनकपुरधाममा नै खानेपानीको अभाव देखिन थालेको  छ । जनकपुरधाम नगर क्षेत्रमा दैनिक दुई करोड ५०

0 comment
0 FacebookTwitterEmail

लामखुट्टेले सिरहाको लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन्। बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन्।

चरम गरिबीमा रहेकी  लहान नगरपालिका–१५ की दुखी सदाय मङ्गलबार एकाएक हर्षित हुनुभयो– कारण थियो नगरपालिकाले उहाँलाई निःशुल्क प्रदान गरेको झुल। “बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर ! दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु। एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै उहाँले भन्नुभयो।

सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भन्नुभयो “हामी गरिबका लागि पनि सरकार रहेछ। मेयरसा’बलाई …

0 comment
0 FacebookTwitterEmail

देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ। म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो।

“अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उहाँले भन्नुभयो, “अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन्।”

केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन …

0 comment
0 FacebookTwitterEmail

कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ। महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ। हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभयो।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष …

0 comment
0 FacebookTwitterEmail

झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो। विसं २०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघनडुब्बालगायतका सीमावर्ती क्षेत्रबाट  बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता  यहाँस्थित वन कार्यालयमा थन्किएका छन्।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई चौबिसैघण्टा पहरा दिएर सुरक्षित राखिएको बताउनुभयो। “खुला ठाउँमा राख्दा हराउने जोखिम रहने भएकाले कार्यालयको कोठामै भण्डारण गरिएको रहेछ”, उहाँले भन्नुभयो, “पालोपालो गरेर कोठा बाहिर वन रक्षकले अटुट पहरा दिइरहेका छन्।” रक्तचन्दन भारतबाट तस्करी गरेर चीन लैजाने क्रममा विभिन्न जिल्लामा बरामद भएको थियो।

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० …

0 comment
0 FacebookTwitterEmail

जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन्। मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन्। मंगलबार पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको थिएन।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन। उहाँले भन्नुभयो, “मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो, एकैपटक थुप्रै माछा मरेका छन्, कसरी माछा मरेको हो हामी अचम्मित भएका छौँ।”

आँधीमूलमा मरेका माछा र पोखरीको पानी परीक्षणका लागि मत्स्य विकास केन्द्र पोखरामा नमूना पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख राजेश चौधरीले जानकारी दिनुभयो। …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved